जालपादेवी केबलकार एक महिनाभित्रै सञ्चालनमा आउने

spot_img
spot_img

कैलालीको चिसापानीदेखि राजकाँडासम्म निर्माण भइरहेको जालपादेवी केबलकार अबको एक महिनाभित्रै व्यावसायिक सञ्चालनमा आउने भएको छ । यो केबलकारको प्रवद्र्धक आईएमइ ग्रुपका अध्यक्ष चन्द्र प्रसाद ढकालले अबको एक महिनाभित्रै केबलकार सञ्चालनमा ल्याउने तयारी भइरहेको बताएका हुन् ।

देशका सातै प्रदेशमा मौलिक पर्यटन पूर्वाधार निर्माण गर्ने अभियानअन्तर्गत सुदूरपश्चिममा सुरु गरिएको यो परियोजनाले साकार रूप लिने संघारमा आइपुग्दा आफूलाई खुसी र गौरवको अनुभूति भइरहेको पनि ढकालले उल्लेख गरेका छन् ।

प्रचुर पर्यटकीय सम्भावना बोकेर पनि ठूला पूर्वाधारको पर्खाइमा वर्षौँ बिताएको सुदूरपश्चिमका लागि यो आयोजना एक महत्वपूर्ण कोसेढुंगा साबित हुने उनको विश्वास छ । कर्णाली पुल र चिसापानीको सौन्दर्य नियाल्न अहिले पनि उल्लेख्य संख्यामा आन्तरिक तथा सीमापारिका भारतीय पर्यटकहरू आउने गरेको भन्दै उनले केबलकारको सञ्चालनसँगै उक्त ठाउँमा अझ रौनकता थप्नेछ र पर्यटकको बसाइ लम्ब्याउने आधार तयार पार्ने विश्वास व्यक्त गरेका छन् ।

‘हामीले यसलाई केवल एउटा केबलकार मात्र नभई एकीकृत पर्यटकीय गन्तव्यका रूपमा विकास गरिरहेका छौँ । आयोजनाको टप (माथिल्लो) तथा बटम (तल्लो) स्टेशनका धेरै संरचनाहरू तयार भइसकेका छन्’ ढकालले भनेका छन्, ‘गुरुयोजना अनुसारका स्तरीय होटल, रिसोर्ट, क्यासिनो, रेस्टुरेन्ट, चिल्ड्रेन पार्क, पदमार्ग र धार्मिक आस्थाको केन्द्र जालपादेवी मन्दिरजस्ता अन्य संरचनाहरू पनि क्रमशः तयार हुँदै छन् ।’

यस्ता बृहत् पूर्वाधारको बहुआयामिक प्रभावले स्थानीय अर्थतन्त्रको समग्र चक्रलाई चलायमान बनाउने बताउँदै ढकालले पर्यटकको बसाइ बढ्दै जाँदा स्थानीय यातायात, साना व्यवसाय र कृषि उपजले आफ्नै आँगनमा दिगो बजार पाउने बताएका छन् । स्थानीय युवाले आफ्नै गाउँठाउँमा रोजगारी पाउँदा वैदेशिक रोजगारीको बाध्यता कम भई स्थानीयको जीवनस्तर उकासिने र राज्यको राजस्वमा समेत महत्वपूर्ण योगदान पुग्ने उनको भनाइ छ ।

स्थानीयको जीवनस्तर र स्थानीय अर्थतन्त्र उकास्दै जालपादेवी केबलकार परियोजना समग्र सुदूरपश्चिम र देशकै एक गौरवको आयोजना बन्ने ढकालको विश्वास छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

यस्ता छन् नेपाल र भारतबीच हस्ताक्षर भएका आठ वटा समझदारीपत्र

प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणका क्रममा नेपाल र भारतबीच...

भारतले २ खर्ब ४० अर्ब विकास सहयोग उपलब्ध गराउने

भारत सरकारले नेपाललाई २ खर्ब ४० अर्ब नेपाली रुपैयाँ...

महासंघ र भारतीय उद्योग परिसंघबीच बाढी प्रभावित क्षेत्रको पुनःस्थापनामा सहकार्य गर्ने समझदारी

नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) र भारतीय उद्योग परिसंघ...

हिमालयन रि–इन्स्योरेन्सको सेयर विवाद टुङ्ग्याउन कम्पनी रजिष्ट्रार कार्यालयको आलटाल

उच्च अदालतले हिमालयन रि–इन्स्योरेन्सको सेयर विवाद सुल्झाउनु भन्दै कम्पनी...

४८ सयले बढ्यो सुनको भाउ, चाँदीमा पनि वृद्धि

आज सोमबार सुनको भाउ बढेको छ। आइतबार प्रतितोला २...

नयाँ दिल्लीमा महासंघ अध्यक्ष श्रेष्ठका ७ प्रस्ताव

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले नेपाल लगानीका...