Tuesday, July 28, 2026
spot_img

दशैँ तिहारको लागि भारतबाट १९ हजार मेट्रिक टन चिनी आयात हुने, फर्म खोज्दै विभाग

spot_img

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले भारतबाट चिनी आयात गर्नको लागि इच्छुक फर्म तथा कम्पनीलाई आवेदन दिन आग्रह गरेको छ ।  भारत सरकारबाट नेपालका फर्म/कम्पनीका लागि छुट्याइएको १९ हजार मेट्रिक टन चिनी आयातको लागि इच्छुक नेपाली फर्म/कम्पनीलाई विभागले आवेदन दिन भनेको हो ।

विभागका अनुसार आफुले आयात गर्न चाहेको परिमाण (न्युनतम २,६०० मेट्रिक टन नघट्ने गरी) खुलाई  ५  दिनभित्र निम्न विभागमा आवेदन दिनु पर्ने छ ।  आवेदन दिंदा फर्म/कम्पनी दर्ता प्रमाण-पत्र,  आयात इजाजत प्रमाण-पत्र, भ्याट दर्ता प्रमाण-पत्र, फर्म नवीकरण/कम्पनी अद्यावधिक पत्र र आ.व. २०७९।०८० को कर चुक्ताको प्रमाण-पत्र पेश गर्नु पर्ने छ।

विभागका अनुसार चिनी आयातका लागि अनुमति पत्र प्राप्त गर्ने प्रभावग्राही फर्म/कम्पनीका लागि कोटा न्यूनतम २,६०० मे. टन हुनेछ ।  १९,००० मे.टन भन्दा बढी परिमाण आयात अनुमतिका लागि फर्म/कम्पनीबाट आवेदन पर्न आएमा इच्छुक फर्म/कम्पनीलाई न्यूनतम २,६०० मे.टन कोटा नघट्ने गरी समानुपातिक रूपमा कोटा बाँडफाँट गरिनेछ। यदि ७ भन्दा बढी प्रभावग्राही फर्म/कम्पनीबाट आवेदन पर्न आएमा First Come First Served विधि अनुरुप कोटा वितरण गरिनेछ ।

कोटाको चिनी आयात गर्न भारत सरकारले तोकेको समयावधि आगामी सेप्टेम्वर ३० सम्म मात्र रहेको र आसन्न प्रमुख चाडपर्वको सन्दर्भमा अनुमति प्राप्त भएको मितिले १ महिना भित्र आयात गरी विभागलाई जानकारी दिनुपर्ने छ, अन्यथा अनुमति खारेज हुनेछ। अनुमति प्राप्त गरेका कम्पनीले चिनी आयात गर्न नसक्ने भएमा अनुमति प्राप्त भएको मितिले १५ दिनभित्र विभागलाई जानकारी दिनुपर्नेछ।

अनुमति प्राप्त गरेका कम्पनीले विभागबाट अनुमति पत्र प्राप्त गरेको मितिमा साल्ट ट्रेडिङ्ग कर्पोरेशनले निर्धारण गरेको मूल्यमा नबढ्ने गरी आयातित चिनी बजारमा बिक्री गर्नुपर्नेछ । अनुमति प्राप्त गरेका कम्पनीले चिनी आयात गर्दा प्रचलित कानून बमोजिम गुणस्तर मापदण्डको पालना गर्नुपर्नेछ । अनुमति प्राप्त गरेका कम्पनीबाट आयातित चिनीको मौज्दात, मूल्य, गुणस्तर र बिक्रीको विवरण साप्ताहिक रूपमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागमा पेश गर्नुपर्नेछ ।

अनुमति प्राप्त गरेका कम्पनीबाट आयातित चिनीको मौज्दात, मूल्य, गुणस्तर र बिक्रीको अनुगमन वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागबाट हुने विभागले जनाएको छ।

spot_img
spot_img

- Advertisement -

spot_img
spot_img

तोलामा ४३ सयले सस्तियो सुन, चाँदीको भाउ पनि घट्यो

आज मंगलबार पनि सुनचाँदीको भाउ घटेको छ । सोमबार...

पञ्चकन्या माई हाईड्रोको १० लाख कित्ता बढी शेयर बिक्री गर्दै पञ्चकन्या पावर

पञ्चकन्या पावर डेभलपमेन्ट प्रा. लि. ले आफ्नो नाममा रहेको...

नेप्सेको सीइओ बन्न चाहनेले १५ दिनभित्र आवेदन दिनु पर्ने, घटाईयो योग्यता

नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)को प्रमुख कार्यकारी अधिकृत नियुक्तिको...

अर्घाखाँची सिमेन्टको ‘वार्षिक सेल्स मिट २०२६’ सम्पन्न

अर्घाखाँची सिमेन्टको ‘वार्षिक सेल्स मिट २०२६’ सम्पन्न भएको छ...

असारकै बिजुली खपतमा भ्याटसहित महशुल तिरेका ग्राहकको पैसा के हुन्छ ?

आन्तरिक राजस्व विभागले आर्थिक वर्ष सुरु नहुँदै (असार महिना)...
spot_img