Sunday, May 24, 2026
spot_img

इन्डोनेसियाली महिला आरोहीद्वारा आमादब्लमको सफल आरोहण

spot_img
spot_img

इन्डोनेसियाली महिला आरोही नाद्या जियानिफाले नेपालस्थित ६ हजार ८१२ मिटर अग्लो आमादब्लम हिमालको सफल आरोहण गरेकी छन् । उनले यही जेठ २ गते हिमालको चुचुरोमा पुग्न सफल भएको इन्डोनेसियाली दूतावासले जनाएको छ ।

इन्डोनेसियन वुमेन्स रेड एण्ड ह्वाइट एक्सपेडिसन आमादब्लम नेपाल ९ईएमपीपीआईएएन०–२०२६ अन्तर्गत गरिएको उक्त आरोहणलाई इन्डोनेसियाली महिलाको साहस, क्षमता र अन्तर्राष्ट्रिय हिमाली आरोहणमा देखिएको दृढताको प्रतीकका रूपमा लिइएको छ ।

यो अभियान विश्वका तीन ठूला हिमाल आरोहण गर्ने दीर्घकालीन योजनाको पहिलो चरणका रूपमा सञ्चालन गरिएको जनाइएको छ । अभियानअन्तर्गत सन् २०२७ मा नेपालकै मनास्लु हिमाल तथा अन्तिम लक्ष्यका रूपमा पाकिस्तानस्थित केटु हिमाल आरोहण गर्ने योजना रहेको छ ।

इन्डोनेसियामा महिला अधिकार तथा समान अवसरका पक्षमा आवाज उठाएकी राष्ट्रिय व्यक्तित्व आर।ए। कार्तिनीको आदर्शलाई आत्मसात् गर्दै गरिएको उक्त अभियानले महिलालाई साहसिक क्षेत्रमा अघि बढ्न प्रेरणा दिने अपेक्षा गरिएको छ ।

नाद्या गत अप्रिल २९ मा नेपाल आइपुगेकी थिइन् । उनलाई नेपालका लागि इन्डोनेसियाका अवैतनिक वाणिज्यदूत चन्द्रप्रसाद ढकाल सहित नेपालस्थित इन्डोनेसियाली समुदायले स्वागत गरेका थिए ।

आरोहणका क्रममा उनले बेस क्याम्पदेखि क्याम्प–१ र क्याम्प–२ सम्म क्रमिक अनुकूलन गरेकी थिइन् । प्रारम्भिक चरणमा नेपाली गाइड पासाङ शेर्पाले साथ दिएका थिए भने अन्तिम आरोहणका क्रममा सोनाम शेर्पा र पुर्बा तामाङ सहभागी रहेका थिए ।

लगभग १८ देखि १९ घण्टासम्मको कठिन हिमाली यात्रापछि नाद्याले सफलतापूर्वक आमादब्लमको चुचुरोमा पुग्न सफल भएको जनाइएको छ । आरोहणपछि उनी सकुशल काठमाडौँ फर्किएकी छन् ।

यस उपलब्धिको सम्मानस्वरूप नेपालस्थित इन्डोनेसियाली समुदाय र बंगलादेशस्थित इन्डोनेसियाली दूतावासका प्रतिनिधिहरूले स्वागत कार्यक्रम आयोजना गरेका थिए । कार्यक्रममा आमादब्लम सफल आरोहण गर्ने अर्की महिला आरोही फुर्की स्यारोनीलाई पनि सम्मान गरिएको थियो ।

हालसम्म आमादब्लम हिमाल सफल आरोहण गर्ने इन्डोनेसियाली आरोहीको संख्या १२ पुगेको बताइएको छ ।

दूतावासका अनुसार नेपालका हिमालहरूमा आरोहण गर्नु केवल साहसिक यात्रा मात्र नभई उद्देश्य, सपना र राष्ट्रिय गौरवसँग जोडिएको अभियान भएको उल्लेख गरिएको छ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

पछिल्लो एक हप्तामा झण्डै ५ हजारले घट्यो सुनको भाउ

पछिल्लो एक हप्तामा सुनको भाउ करिब ५ हजारले घटेको...

हेटौँडा पुगेर उद्योग मन्त्रीले भनिन्, ‘यहाँको कपडा उद्योग पुनः सञ्चालन गर्छौँ’

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले वर्तमान सरकारले हेटौँडा...

सांसद विदूषी राणाको प्रश्नः हामी उत्पादमुखी अर्थतन्त्र भएको देश बन्ने कि ब्यापारमुखीमै रहने ?

प्रतिनिधिसभा सदस्य विदूषी राणाले उत्पादनमुखी अर्थतन्त्र भएको मुलुक बन्ने...

सोमबारसम्म दुर्गा प्रसाईंको अनुसन्धान सक्न अदालतको आदेश

मेडिकल व्यवसायी दुर्गा प्रसाईंमाथि दोस्रो पटक म्याद थप भएको...

इसेवामार्फत जीवन बीमा नवीकरण गर्दा स्मार्ट टिभी र नगद जित्ने अवसर

भुक्तानी सेवा प्रदायक इसेवाले जीवन बीमा नवीकरणलाई अझ सहज,...

गौतमश्री सहकारीका ऋणीहरूको नाम सार्वजनिक

भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय...
spot_img