मेडिकल व्यवसायी दुर्गा प्रसाईंमाथि दोस्रो पटक म्याद थप भएको मितिसम्म अनुसन्धान सक्न सर्वोच्च अदालतले आदेश दिएको छ ।
बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाई गर्दै न्यायाधीश विनोद शर्मा र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले सोमबारसम्म अनुसन्धान सक्न परमादेश जारी गरेको हो ।
जिल्ला प्रहरी कार्यालय पर्साले उनीविरुद्ध बिहीबार ४ दिनको म्याद थप गरेको थियो ।
प्रसाईंलाई प्रहरीले पर्साबाट पक्राउ गरेको थियो । उनी हाल पर्सा हिरासतमै छन् ।












