अतिकम विकसित राष्ट्र (एलडीसी) को सूचीबाट विकासशील राष्ट्रमा स्तरोन्नतिको समय सार्न नेपालले संयुक्त राष्ट्रसँग समक्ष अनुरोध गरेको छ । परराष्ट्र मन्त्रालयले संयुक्त राष्ट्रसंघको विकास नीति समिति (सीडीपी) समक्ष तीन वर्ष समय सार्न औपचारिक पत्राचार गरेको हो ।
नेपाल सन् २०२६ नोभेम्बर २४ मा अतिकम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नति तालिका थियो । तर, अझै आर्थिक एवम् राजनीतिक जोखिम (आन्तरिक र बाह्य कारणाहरुले) कायमै रहेको भन्दै नेपालले सन् २०२९ नोभेम्बरसम्म समय धकेल्न अनुरोध गरेको हो ।
परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीका अनुसार आगामी नोभेम्बर २०२९ सम्म समय सार्न पत्राचार गरिएको हो । मे १३ मा पत्र पठाइएको मन्त्रालयले जनाएको छ ।












