Saturday, May 23, 2026
spot_img

इसेवामार्फत जीवन बीमा नवीकरण गर्दा स्मार्ट टिभी र नगद जित्ने अवसर

spot_img
spot_img

भुक्तानी सेवा प्रदायक इसेवाले जीवन बीमा नवीकरणलाई अझ सहज, सुरक्षित र आकर्षक बनाउन विशेष उपहार योजना सार्वजनिक गरेको छ । यो योजना जेठ १ गतेदेखि असार ३२ गतेसम्म सञ्चालन भइरहेको छ ।

अभियान अवधिभर इसेवाको मोबाइल एप वा वेबसाइटमार्फत नेपालको कुनै पनि जीवन बीमा कम्पनीको बीमा प्रिमियम भुक्तानी वा पोलिसी नवीकरण गर्ने ग्राहकहरूले आकर्षक उपहार जित्ने अवसर पाउनेछन् ।

यस योजनाअन्तर्गत एक जना भाग्यशाली ग्राहकले बम्पर उपहारस्वरूप ४३ इन्चको स्मार्ट टिभी प्राप्त गर्नेछन् । साथै, तीन जना विजेताले जनही २५ हजार रुपैयाँ नगद पुरस्कार जित्नेछन् । अभियान अवधिभर प्रत्येक हप्ता एक जना प्रयोगकर्तालाई २ हजार ५ सय रुपैयाँ नगद पुरस्कार पनि प्रदान गरिनेछ ।

यसका साथै, विभिन्न जीवन बीमा कम्पनीहरूसँगको सहकार्यमा ग्राहकहरूलाई आकर्षक क्यासब्याक सुविधा समेत उपलब्ध गराइने इसेवाले जनाएको छ ।

इसेवाको अनलाइन बीमा नवीकरण सेवामार्फत ग्राहकहरूले कार्यालय धाउनुपर्ने झन्झट बिना घरबाटै छिटो, सुरक्षित र भरपर्दो रूपमा जीवन बीमा नवीकरण तथा प्रिमियम भुक्तानी गर्न सक्नेछन् । कम्पनीका अनुसार यस अभियानले जीवन बीमाप्रति जनचेतना बढाउनुका साथै डिजिटल भुक्तानीको प्रयोगलाई थप प्रवद्र्धन गर्ने अपेक्षा गरिएको छ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

सोमबारसम्म दुर्गा प्रसाईंको अनुसन्धान सक्न अदालतको आदेश

मेडिकल व्यवसायी दुर्गा प्रसाईंमाथि दोस्रो पटक म्याद थप भएको...

गौतमश्री सहकारीका ऋणीहरूको नाम सार्वजनिक

भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय...

गरिब देशबाट स्तरोन्नति हुने समय ३ वर्ष थप्न नेपालले पठायो पत्र

अतिकम विकसित राष्ट्र (एलडीसी) को सूचीबाट विकासशील राष्ट्रमा स्तरोन्नतिको...

संविधान संशोधनको लागि सरकारले आम नागरिकसँग माग्यो सुझाव, कसरी दिने ?

संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल, २०८३ को सचिवालयले...

सार्वजनिक सवारी साधनको दर्ता रोक्ने निर्णयमा पुनर्विचार गर्न चेम्बरको माग

नेपाल चेम्बर अफ कमर्सले सार्वजनिक सवारी साधनको दर्ता रोक्ने...

महासंघको वरिष्ठ उपाध्यक्षमा वैद्य र कोषाध्यक्षमा प्रधान निर्वाचित

नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा सुरकृष्ण वैद्य निर्वाचित...
spot_img