पछिल्लो एक हप्तामा सुनको भाउ करिब ५ हजारले घटेको छ । जेठ १ गते प्रतितोला २ लाख ९८ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ जेठ ८ गतेसम्म आइपुग्दा ३ लाख ९३ हजार ७ सयमा झरेको छ । यो एक हप्तामा सुनको भाउ तोलामा ४ हजार ८ सय रुपैयाँले घटेको छ ।
यस्तै, चाँदीको भाउ पनि घटेको छ । जेठ १ गते प्रतितोला ५ हजार ३९० रुपैयाँमा किनबेच भएको चाँदी जेठ ८ गते प्रतितोला ५ हजार ११५ रुपैयाँमा झरेको छ । पछिल्लो एक हप्तामा चाँदीको भाउ प्रतितोला २७५ रुपैयाँले घटेको छ ।
अन्तर्राष्ट्रिय बजारमा पछिल्लो समय सुनको भाउमा तीव्र उतारचढाव आइरहेको छ । पछिल्लो २४ घण्टामा सुनको भाउ प्रतिऔंस ३१ डलरले घटेको अन्तर्राष्ट्रिय कमोडिटी बजारहरुको तथ्यांकले देखाएको छ ।












