Thursday, July 2, 2026
spot_img

बेनेलीले ल्यायो विशेष छुट अफर, २ वर्षसम्म फ्री सर्भिसिङ

spot_img
spot_img

बेनेली नेपालले मोटरसाइकल तथा स्कुटर खरिदमा विशेष अफर ल्याएको छ । नेपालका लागि बेनेलीको आधिकारिक बिक्रेता वैद्य ग्रुपले एसईई दिएका विद्यार्थीसहित सम्पूर्ण ग्राहकलाई लक्षित गर्दै आकर्षक योजना ल्याएको हो ।

यस योजना अन्तर्गत ग्राहकहरूले बेनेलीको स्कुटर र मोटरसाइकल खरिदमा भारी छुट पाउने छन् । ग्राहकले अब पानारिया १२५ स्कुटर २ लाख ५९ हजार ९०० रुपैयाँ र बेनेली १८० एस मोटरसाइकल ३ लाख ८४ हजार ९०० रुपैयाँमा खरिद गर्न सक्ने कम्पनीले जनाएको छ ।

साथै, ग्राहकले २ वर्षसम्म निःशुल्क सर्भिसिङ सुविधा पाउने छन् । जसमा कम्पनीले २ वर्षसम्म सम्पूर्ण लेबर चार्ज, ल्युब, इन्जिन आयल, आयल फिल्टर र फ्युल फिल्टर समेत निःशुल्क उपलब्ध गराउने छ ।

त्यसैगरी, ग्राहकले ५ वर्षसम्म स्पेयर पाट्र्समा २५ प्रतिशतसम्म छुट पाउने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार यो अफर सीमित अवधिसम्म बेनेलीका देशभरका शोरुमहरू लागू हुनेछ ।

कम्पनीका अनुसार यो योजना नेपालमै बेनेलीले ल्याएको सबैभन्दा आकर्षक तथा ग्राहकमैत्री अफर मध्ये एक हो। यस अफरले युवा पुस्ता तथा दैनिक प्रयोगकर्तालाई गुणस्तरीय इटालियन ब्राण्डको अनुभव सहज मूल्यमा उपलब्ध गराउने लक्ष्य राखेको कम्पनीको भनाइ छ ।

बेनेली नेपालका ब्राण्ड स्ट्राटेजिस्ट प्रशान्त खत्रीले विशेषगरी एसईई दिएका विद्यार्थी र युवा पुस्तालाई लक्षित गर्दै यो आकर्षक योजना ल्याइएको बताए ।

‘हामीले विशेषगरी एसईई दिएका विद्यार्थीहरू तथा युवा पुस्तालाई लक्षित गर्दै यो योजना ल्याएका हौं । उत्कृष्ट डिजाइन, आधुनिक प्रविधि र आकर्षक मूल्यसहित अब बेनेली अझ धेरै नेपाली ग्राहकसम्म पुग्ने विश्वास लिएका छौं । ग्राहकलाई बिक्रीपछि पनि उत्कृष्ट सेवा प्रदान गर्नु हाम्रो प्राथमिकता हो,’ उनले भने ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

स्टक ब्रोकर एसोसिएसन र धितोपत्र बोर्ड अध्यक्षबीच भेटवार्ता, के भयो कुराकानी ?

स्टक ब्रोकर एसोसिएसन अफ नेपालका पदाधिकारीले नेपाल धितोपत्र बोर्ड...

९.९५ मेगावाटको इसुवा अर्धजलाशययुक्त क्यासकेड २ आयोजना निर्माण गर्दै विष्ट इनर्जी

विष्ट इनर्जी हाउस प्रालिले ९.९५ मेगावाट क्षमताको इसुवा अर्धजलाशययुक्त...

तोलामै ६२ सयले बढ्यो सुनको भाउ

आज बिहिबार सुनचाँदीको भाउ बढेको छ । बुधबार प्रतितोला...

भूमिहीन दलित तथा सुकुम्बासी परिवारलाई लालपुर्जा वितरण सुरु

सरकारले बर्दियाबाट जग्गाधनी प्रमाणपूर्जा (लालपुर्जा) वितरण सुरु गरेको छ...

तेह्रथुम पावर कम्पनीले नर्थ समिट हाइड्रोमा लगानी गर्ने

तेह्रथुम पावर कम्पनीले नर्थ समिट हाइड्रोमा लगानी गर्ने भएको...
spot_img