Thursday, May 14, 2026
spot_img

यातायात व्यवसायी राष्ट्रिय महासंघको अध्यक्षमा सरोज सिटौला निर्वाचित

spot_img
spot_img

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको अध्यक्षमा पुष्पप्रसाद सिटौला (सरोज) निर्वाचित भएका छन् । उनले ९०३ मत प्राप्त गर्दै जित निकाल्दा उनका निकटतम प्रतिस्पर्धी हरिशरण केसीले ४६४ मत प्राप्त गरे ।

अध्यक्षमा निर्वाचित सिटौला यसअघि वरिष्ठ उपाध्यक्ष थिए ।

नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा सानुकाजी प्रजापति, एनकुमार साई र केदारप्रसाद पौडेल निर्वाचित भएका छन् ।

उपाध्यक्षमा चन्द्र ओझा, आत्माराम थापा, टेकराज पन्त, कमलराज मित्र, कान्छामान बल, जितबहादुर भारती र रामप्रसाद सुवेदी निर्वाचित भएका छन् ।

मालवाहक उपाध्यक्षमा यादवलाल श्रेष्ठ निर्वाचित भएका छन् ।

महासचिव पदमा डेकनाथ गौतम दोहोरिएका छन् । उनका निकटतम प्रतिस्पर्धी जनिन्द्र श्रेष्ठले ४८९ मत पाए ।

उपमहासचिवमा देवेन्द्र श्रेष्ठ, भानुभक्त बराल र प्रदीपसिंह खड्का निर्वाचित भएका छन् ।

सचिवमा उमेश केसी, चेतप्रसाद गौतम (अर्जुन) र टंकप्रसाद ज्ञवाली विजयी हुँदा कोषाध्यक्षमा राजेश आचार्य र सह–कोषाध्यक्षमा शोभाशंकर पौडेल निर्वाचित भएका छन् ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

क्युबामा गम्भीर संकट: देशैभर सकियो डिजेल र पेट्रोल, २२ घण्टासम्म लोडसेडिङ

उत्तरी अमेरिकी देश क्युबाले गम्भीर इन्धन संकटको सामना गरिरहेको...

नेपाल एसबिआई बैंकद्वारा विद्यार्थीलाई सहयोग

नेपाल एसबिआई बैंकले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत पर्सा...

अपि पावरको दिब्यज्योतिले बनाउने ५० मेगावाटको मर्स्याङ्दीबेसी आयोजनालाई जुट्यो लगानी

अपि पावर कम्पनी लिमिटेडको सहायक कम्पनी दिब्यज्योती हाइड्रोपावर लिमिटेडद्धारा...

विद्युत् नियमन आयोगमा अध्यक्षसहित चार सदस्य छनौट गर्न सिफारिस समिति गठन

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले विद्युत् नियमन आयोगका रिक्त...

बढ्यो सुनचाँदीको भाउ

आज बिहिबार सुनको भाउ बढेको छ । बुधबार प्रतितोला...
spot_img