Friday, July 3, 2026
spot_img

‘भिजन २०२९’ सार्वजनिक गर्दै इप्पान निर्वाचनको लागि उत्तम भ्लोनद्वारा टिम घोषणा

spot_img

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) का हालका उपाध्यक्ष उत्तम भ्लोन लामाले  ‘इप्पान भिजन २०२९’ सार्वजनिक गरेका छन्  । बुधबार साँझ पत्रकार सम्मेलन गरेर उनले ‘समृद्ध ऊर्जा क्षेत्रको लागि निर्णायक नेतृत्व’ नामको नारा सहित  ‘इप्पान भिजन २०२९’ सार्वजनिक गरेका हुन् ।

उनले इप्पानको आगामी जेठ २९ गते हुन  लागेका निर्वाचनमा वरिष्ठ उपाध्यक्षमा आफ्नो उम्मेदवारी पनि घोषणा गरेका छन्  । साथै निर्वाचनको लागि आफ्नो टिम पनि घोषणा गरेका छन् ।

उनको टिमको उपाध्यक्षका उम्मेदवारमा उत्तर कुमार खत्री, हिम पाठक, सुशन कर्माचार्य, र विक्रम विष्ट रहेका छन्।  त्यस्तै महासचिवमा टिएन आचार्य, उपमहासचिवमा कविता पोखरेल र कोषाध्यक्षमा नरेन्द्र बल्लभ पन्त उम्मेदवार रहेका छन् । सचिवका उम्मेदवारमा विजय मोहन भट्टराई, कुवेर मणि नेपाल, सुमन जोशी, शंकर बस्याल र अभिज्ञा मल्ल रहेका छन् ।

सदस्यका उम्मेदवारहरुमा अनुप आचार्य, जगत पोखरेल, कदम केसी, वर्ण लामिछाने र प्रतिमा ज्ञवाली रहेका छन् । कार्यसमितिमा १० जना सदस्यका उम्मेदवार रहने भए पनि सहमति मै नयाँ नेतृत्व चयन गर्ने उदेश्यले ५ जना सदस्यका उम्मेदवार भने हाल सार्वजनिक गरिएको छैन ।

हाल इप्पानका अध्यक्ष रहेका गणेश कार्कीले सहमति नै नयाँ नेतृत्व चयन गर्न आग्रह गरेका छन् । सरकारसँग नीतिगत बहसको लागि  बलियो हुनको लागि पनि सहमति मै कार्यसमिति चयन गरेर एकताको संदेश  दिनु पर्ने उनको भनाई थियो ।

हाल वरिष्ठ उपाध्यक्ष रहेका मोहन डाँगी नयाँ कार्यसमितिको स्वत अध्यक्ष हुने छन्  । हालका अध्यक्ष गणेश कार्की पनि निर्वतमान अध्यक्षको हैसियतमा नयाँ कार्य समितिमा रहने छन् ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

आगामी मौद्रिक नीतिबारे अर्थ समितिले विज्ञसहित छलफल गर्दै

प्रतिनिधिसभाको अर्थ समितिले आगामी आर्थिक वर्षको मौद्रिक नीतिका सम्बन्धमा...

निजामती कर्मचारीलाई सिंहदरबारभित्रै स्वास्थ्य सेवा

सिंहदरबारभित्रै निजामती कर्मचारी अस्पतालको सेवा इकाई सञ्चालनमा आएको छ...

वीरगञ्जमा बाल उद्यान तथा शिशु स्याहार केन्द्र हस्तान्तरण

महिलाको आर्थिक सशक्तीकरण, सुरक्षित बाल हेरचाह तथा समावेशी आर्थिक...

संवैधानिक नियुक्तिका लागि प्रधानमन्त्रीले बोलाए संवैधानिक परिषदको बैठक

प्रधानमन्त्री बालेन शाहले संवैधानिक परिषदको बैठक बोलाएका छन् ।...

तोलामै ७२ सयले बढ्यो सुनको भाउ

आज शुक्रबार सुनचाँदीको भाउ बढेको छ । बिहिबार प्रतितोला...

बालेन शाहको प्रस्तावः हरेक नेपालीलाई सैनिक तालिम

सरकारले चाहेको बेलामा जोसुकैलाई पनि सेवा दल (सैनिक तालिम)को...
spot_img