Thursday, May 14, 2026
spot_img

नेपाल एसबिआई बैंकद्वारा विद्यार्थीलाई सहयोग

spot_img
spot_img

नेपाल एसबिआई बैंकले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत पर्सा जिल्लाको बिरगंजस्थित महानगरपालिका आधारभुत विद्यालयका विद्यार्थीहरुका लागि स्कुल ब्याग तथा शैक्षिक सामाग्री प्रदान गरेको छ । बैंकका प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृत राम कुमार तिवारीले महानगरपालिका आधारभुत विद्यालयका प्रधानाध्यापकलार्ई एक कार्यक्रमका बीच उक्त सामाग्रीहरु हस्तान्तरण गरेका हुन् ।

सो कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख संचालन अधिकृत विकास आनन्द, प्रमुख वित्तिय अधिकृत राजेश कुमार पंडा, प्रमुख अनुपालन अधिकृत विष्णुदेव यादव, प्रमुख व्यवसाय प्रवद्र्धन अधिकृत प्रबिण मुनि बज्राचार्य, प्रमुख कर्जा अधिकृत रोशन कोइराला, बैंकका मधेश प्रदेश प्रमुख रितेश अर्याल र बैंक तथा स्कुलका अन्य पदाधिकारी र शिक्षकहरु समेतको उपस्थिति रहेको थियो । बैंकले शिक्षा क्षेत्रमा यस किसिमको कार्यक्रम समय समयमा गर्दै आइरहेको छ ।

नेपाल एसबिआई बैंकले हाल १०३ शाखा, २२ एक्स्टेन्सन काउन्टर, २१ शाखारहित बैंकिङ, ७ प्रादेशिक कार्यालय, १ कर्पोरेट कार्यालय र १२७ एटिएमबाट सेवा दिँदै आएको छ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

क्युबामा गम्भीर संकट: देशैभर सकियो डिजेल र पेट्रोल, २२ घण्टासम्म लोडसेडिङ

उत्तरी अमेरिकी देश क्युबाले गम्भीर इन्धन संकटको सामना गरिरहेको...

अपि पावरको दिब्यज्योतिले बनाउने ५० मेगावाटको मर्स्याङ्दीबेसी आयोजनालाई जुट्यो लगानी

अपि पावर कम्पनी लिमिटेडको सहायक कम्पनी दिब्यज्योती हाइड्रोपावर लिमिटेडद्धारा...

विद्युत् नियमन आयोगमा अध्यक्षसहित चार सदस्य छनौट गर्न सिफारिस समिति गठन

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले विद्युत् नियमन आयोगका रिक्त...

बढ्यो सुनचाँदीको भाउ

आज बिहिबार सुनको भाउ बढेको छ । बुधबार प्रतितोला...

उत्तम लामाले ‘इप्पान भिजन २०२९’ सँगै सार्वजनिक गरे टिम, यस्ता छन् ६१ प्रतिवद्दता

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) का हालका उपाध्यक्ष...
spot_img