प्रतिनिधिसभाको बैठक आज बिहान ११ः०० बजे बस्दैछ। बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ हुने छ । राष्ट्रपति रामचन्द्र पौडेलले सदनको संयुक्त बैठकमा सोमबार सरकारको नीति तथा कार्यक्रम वाचन गरेका थिए ।
सदनको आजको सम्भावित कार्यसूचीअनुसार नीति तथा कार्यक्रममाथि छलफल सुरु गर्ने, प्रधानमन्त्री वालेन्द्र शाहले नीति तथा कार्यक्रममाथि सांसदले उठाएका प्रश्नको जवाफ दिने, नीति तथा कार्यक्रममाथि प्राप्त संशोधनलाई निर्णयार्थ प्रस्तुत गर्ने र नीति तथा कार्यक्रम पारित गर्नको लागि निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।
आज राष्ट्रियसभाको बैठक पनि १२ः१५ बजे बस्दैछ । बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ हुने सम्भावित कार्यसूची रहेको छ ।












