आज मंगलबार पनि प्रतिनिधिसभा बैठक बस्दै छ । बैठक दिउँसो १ बजेको लागि बोलाईएको छ।
आजको बैठकको लागि दुई वटा सभावित कार्यसूची तय गरिएको छ। जसमा कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले “नेपाल सरकार र गणतन्त्र भारत सरकारबीच फौजदारी विषयमा पारस्परिक कानुनी सहायतासम्बन्धी सम्झौता” पेस गर्ने कार्यसूची रहेको छ।
त्यस्तै अर्थ मन्त्री स्वर्णीम वाग्लेले “वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२ माथि विचार गरियोस्” भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ।
यस अघि हिजो संघीय संसदको दुवै सदनको बैठकमा सरकारको नीति तथा कार्यक्रम पेश भएको थियो।












