Friday, June 26, 2026
spot_img

सरकारी कर्मचारीको ट्रेड युनियन खारेज नगर्न सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश

spot_img
spot_img

सर्वोच्च अदालतले सरकारी कर्मचारीको ट्रेड युनियन अधिकार खारेज नगर्न सरकारको नाममा अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ  । आज सर्वोच्चका कामु प्रधानन्यायाधीश सपना प्रधान मल्ल , र न्यायाधीशहरु कुमार रेग्मी, . श्री हरिप्रसाद फुयाल, विनोद शर्मा र शारङ्गा सुवेदी सम्मिलित इजलाशले यस्तो आदेश दिएको हो ।

सरकारले अध्यादेश ल्याएर सरकारी कर्मचारीको ट्रेड युनियन अधिकार खारेज गर्ने व्यवस्था गरेपछि नेपाल निजामती कर्मचारी संगठन केन्द्रिय कार्य समितिको तर्फबाट अख्तियार प्राप्त अध्यक्ष भवानी दाहाल समेतले सर्वोच्चमा रिट दायर गरेका थिए ।

रिटमा सुनुवाई गर्दै सर्वोच्चले कारण देखाउ आदेश जारी गर्नुका साथै सरकारी कर्मचारीको ट्रेड युनियन अधिकार खारेज नगर्न सरकारको नाममा अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो ।साथै अन्तरिम आदेश दिने कि नदिने भन्ने विषयमा छलफल गर्न सर्वोच्चले दुवै पक्षलाई बोलाएको छ।

यस रिटमा राष्ट्रपतिको कार्यालय , नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय , संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालय , कानुन न्याय तथा संसदीय मामिला मन्त्रालय, र श्रम तथा व्यवसायजन्य सुरक्षा विभागलाई विपक्षी बनाईएको थियो ।

आज नै सरकारले विद्यार्थीको राजनीतिक संगठन खारेज नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको थियो ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

सिटिजन्स बैंकको वेबसाइट तथा मोबाइल बैंकिङमार्फत SIP आवेदन भर्न सकिने

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सिटिजन्स क्यापिटल लिमिटेडको सहकार्यमा सर्वसाधारण...

राष्ट्र बैंकद्वारा पोखरा फाइनान्सको शीघ्र सुधारात्मक कारवाही फुकुवा

नेपाल राष्ट्र बैंकले पोखरा फाइनान्स लिमिटेडलाई गरिएको शीघ्र सुधारात्मक...

धितोपत्र बोर्डका नवनियुक्त अध्यक्षको पदबहाली सोमबार

नेपाल धितोपत्र बोर्डका नव नियुक्त अध्यक्ष डा. गोपालप्रसाद भट्टको...

शुभ इन्टरनेशल हस्पिटालिटीले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल

शुभ इन्टरनेशनल हस्पिटालिटी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ...

ट्राफिक नियम उलङ्घन गर्नेलाई १ लाखसम्म जरिवाना प्रस्ताव, पैदल यात्रीलाई पनि ‘आर्थिक कारबाही’

सरकारले ट्राफिक नियम उलङ्घनमा ब्यापक जरिवाना तिराउने प्रस्तावसहित कानूनको...

  कामना सेवा विकास बैकद्धारा दुर्गा माविलाई कुलर तथा ब्रेल पेपर हस्तान्तरण

कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व...
spot_img