Monday, May 4, 2026
spot_img
spot_img

अध्यक्षबाट बिदा हुँदै चन्द्र ढकाल, अब अन्जन श्रेष्ठको काँधमा महासंघ

spot_img
spot_img

नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्षबाट अब चन्द्र ढकाल बिदा हुँदैछन् । ६०औँ साधारणसभा बैशाख २१ गते उद्घाटन भएर खुलासत्र सकिएपछि बन्दसत्र (निर्वाचन सहितका कार्यक्रम) प्रारम्भ हुन्छ । बैशाख २२ गते निर्वाचन हुनेछ ।

महासंघको विधान अनुसार अब हालका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठ स्वतः अध्यक्ष बन्दैछन् । उनी महासंघको २१औँ अध्यक्ष हुनेछन् । ढकालसम्म आइपुग्दा महासंघले २० जना अध्यक्ष पाइसकेको छ ।

को हुन् अन्जन श्रेष्ठ ?

अन्जन श्रेष्ठ २०५९ सालमा महासंघको कार्यसमितिमा प्रवेश गरेका थिए । पोखराबाट उदाएको लक्ष्मी ग्रुप उद्योग र ट्रेडिङमा देशब्यापी रुपमै जम्दै जाँदा अन्जनले पनि महासंघभित्र क्रमशः खुड्कीला चढ्दै गए ।

हाल उनी लक्ष्मी ग्रुपको प्रबन्ध निर्देशक छन् । यो समूह ठूला रोजगारदाता मध्येमा पनि पर्छ । लक्ष्मी ग्रुप अन्तर्गतका उद्योग प्रतिष्ठान र कम्पनीमा गरेर ३२ सयभन्दा बढीले रोजगारी पाएका छन् ।

पारिवारिक व्यवसायका रुपमा चलिरहेको चकलेट फ्याक्ट्रीमा उनले २०४५ सालदेखि काम सुरु गरेका हुन् । जुन अहिलेपनि नेपालकै सबैभन्दा ठूलो कन्फेक्सनरीका रुपमा रहेको आजको सुजल फुड हो । लक्ष्मी ग्रुप नेपालमा हुन्डाई गाडीको आयातकर्ता पनि हो । उत्पादनतर्फ सुजल फुड र समृद्धि स्टिल उद्योग यस ग्रुप अन्तर्गत सञ्चालित छन् ।

लक्ष्मी ग्रुपले नेपालमै हुन्डाईको एसेम्बल प्लान्ट पनि लगाएको छ । चार पाङ्ग्रेको एसेम्बल प्लान्ट सुरु गर्ने लक्ष्मी हुन्डाई पहिलो र अहिलेसम्म एक मात्रै एसेम्बल प्लान्ट हो ।

३७ वर्षभन्दा लामो अवधिदेखि व्यवसायमा रहेका श्रेष्ठ कुशकुमार जोशी अध्यक्ष हुँदा महासंघको कार्यसमितिमा प्रवेश गरेका हुन् । यो २०५९ सालको कुरा हो । त्यसैबेला उनले राजस्व समितिको उपसभापतिको जिम्मेवारी सम्हाल्ने अवसर पाएका थिए । महासंघको प्रवेश गरेको २३ वर्षपछि उनी अध्यक्ष बन्न लागेका हुन् ।

महासंघभित्र राजस्व समिति, उद्योग समिति र रोजगारदाता परिषदमा बसेर योगदान दिएका उनी गत निर्वाचनमा वरिष्ठ उपाध्यक्षमा निर्वाचित भएका थिए । अब विधानको प्रावधान अनुसार उनी स्वतः अध्यक्ष बन्दैछन् । विधानको यो प्रावधान अनुसार अध्यक्ष बन्ने उनी नै अन्तिम व्यक्ति हुनेछन् । अर्को पटकदेखि प्रत्यक्ष निर्वाचनमार्फत अध्यक्ष चयन हुने गरी विधान संशोधन भइसकेको छ ।

महासंघको स्थापना २०२२ साल पुस १४ गते भएको हो । महासंघको संस्थापक अध्यक्ष स्वर्गीय लोकनाथ जोशी हुन् ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

घाटामा रहेको कम्पनीले कागजी नाफा देखाएर अब आईपीओ निकाल्न पाउदैन: रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले  सरकार अब आईपीओ...

सोपान फर्मास्युटिकल्सको शेयर रजिष्ट्रारमा एनएमबि क्यापिटल

सोपान फर्मास्युटिकल्स लिमिटेडको शेयर रजिष्ट्रारमा एनएमबि क्यापिटल लिमिटेड नियुक्त...

प्रत्येक भूमिहीन नागरिकलाई स्थायी आवास सुनिश्चित गर्छौं: प्रधानमन्त्री शाह

प्रधानमन्त्री वालेन्द्र शाहले प्रत्येक भूमिहीन नागरिकको सुरक्षित, सम्मानजनक र...

सिद्धार्थ इक्विटी फण्ड २ को इकाई आजदेखि बिक्रीमा

सिद्धार्थ क्यापिटलले आज वैशाख २१ गतेदेखि नयाँ सामुहिक लगानी...

वैदेशिक रोजगारीमा रहेकालाई सर्वोत्तम पेन्ट्सको आईपीओ आजदेखि

सर्वोत्तम पेन्ट्स इण्डष्ट्रिज लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आज...

धितोपत्र बोर्डको अध्यक्षको लागि CV बुझाउने आज अन्तिम दिन

नेपाल धितोपत्र बोर्डको अध्यक्ष बन्न इच्छुक तथा योग्य व्यक्तिले...
spot_img