Friday, May 1, 2026
spot_img
spot_img

सिन्धुली र रामेछाप जोड्ने मोड्युलर पुल उद्घाटन

spot_img
spot_img

सुनकोशी नदीमा निर्मित सिन्धुली र रामेछाप जोड्ने मोड्युलर पुल उद्घाटन गरिएको छ ।  ७०–मिटर लम्बाइ भएको मोड्युलर पुलको आज नेपालथोकमा उद्घाटन गरिएको हो।

नेपाल स्थित भारतीय दुतावासका काउन्सलर गीतांजलि ब्रैंडन र नेपालको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभागका महानिर्देशक डा. विजय जैसीले संयुक्त रुपमा पुल उद्घाटन गरेका हुन्। नेपालथोकस्थित सुनकोशी पुलको जडान गार्डेन रिच शिपबिल्डर्स एण्ड इन्जिनियर्स लिमिटेडका प्राविधिकहरुको टोलीले गरेको थियो ।

आज उद्घाटन गरिएको यो मोड्युलर पुल सन् २०२५ अक्टोबरमा आएको विनाशकारी वर्षापछि सडक सञ्जालको पुनःस्थापनामा सहयोग पुर्‍याउन भारत सरकारले नेपाल सरकारलाई उपलब्ध गराउन लागेका ७० मिटर र सोभन्दा बढी स्प्यान भएका १० वटा यस्तै पुलहरुमध्ये एक हो ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

राष्‍ट्रपति पौडेलद्वारा सम्पत्ति शुद्धीकरण निवारण अध्यादेश जारी

राष्‍ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण (तेस्रो...

 नेशनल लाईफले अभिकर्तालाई गरायो नारायणी क्रुज सफारी

नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि. ले आन्तरिक पर्यटन प्रबद्धन...

सूचना प्रविधि क्षेत्रमा सरोकारवालाले खोजे नीतिगत स्पष्टता, बजेट वृद्धि गरि सहकार्यको आग्रह

सूचना तथा सञ्चार प्रविधि क्षेत्रका सरोकारवालाहरूले नीतिगत सुधार, पर्याप्त...

यो वर्ष मनसुन कमजोर रहने पूर्वानुमान, खाद्य उत्पादन घट्ने र महँगी बढ्ने जोखिम

यो वर्ष दक्षिण-पश्चिम मनसुन कमजोर रहने उच्च सम्भावना रहेको...

सरकारले ल्याएको सहकारी अध्यादेशमा के छ ?

सरकारले सहकारीका बचतकर्ताको पैसा फिर्ता गराउने उदेश्यले अध्यादेश ल्याएको...
spot_img