Saturday, June 27, 2026
spot_img

रास्वापाले वैशाख १५ देखि जिल्ला अधिवशेन गर्ने, सोमबार केन्द्रीय समितिको बैठक

spot_img
spot_img

राष्ट्रिय स्वतन्त्र पार्टीले यही वैशाख १५ गतेदेखि जिल्ला अधिवेशन सुरु गर्ने निर्णय गरेको छ । बनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयमा आज बसेको सचिवालय बैठकले यस्तो निर्णय गरेको हो ।

जिल्ला र निर्वाचन क्षेत्रसहितको सूची सोमबार बस्ने केन्द्रीय समितिको बैठकबाट पारित गर्ने रास्वपाको तयारी छ ।  बैठकले प्रत्यक्ष निर्वाचित सांसद नरहेको निर्वाचन क्षेत्रमा समानुपातिकतर्फबाट निर्वाचित सांसदहरूलाई जिम्मेवारी तोक्ने निर्णय गरेको प्रवक्ता मनिष झाले जानकारी दिए ।

बैठकले पार्टीको प्रवास विभागको प्रमुखमा केन्द्रीय सचिवालय सदस्य तथा सांसद दीपक बोहरालाई नियुक्त गरेको छ । यसअघि प्रभाव विभाग प्रमुखको जिम्मेवारीमा उपसभापति डिपी अर्याल रहेका थिए । अर्याल सभामुखमा निर्वाचित भएपछि उनी पार्टीको जिम्मेवारीबाट अलग भएका थिए । उनी सभामुखका निर्वाचित भएसँगै सो पद रिक्त थियो ।

सचिवालयले केन्द्रीय समिति बैठकको ‘एजेन्डा’ तय गरेको छ । पार्टी प्रवक्ता झाका अनुसार केन्द्रीय समिति बैठकको प्रारम्भमा पार्टी गतिविधिबारे ‘ब्रिफिङ’ हुनेछ । बैठकमा केन्द्रीय सदस्यहरुको रिपोर्टिङ हुनेछ । केन्द्रीय सदस्यलाई दुई मिनेटका दरले समय छुट्याइएको छ । बैठकमा केन्द्रीय समिति पदाधिकारी मनोनयन, महाधिवेशन कार्यविधि मस्यौदा, विधान संशोधनका विषयमा पनि छलफल हुने प्रवक्ता झाले बताए । आसन्न स्थानीय तहको निर्वाचनका लागि उम्मेदवार क्लब गठन र आवेदन आह्वान, प्रवासमा रहेका नेपालीहरुलाई प्रवासबाटै मताधिकारलगायत विषयमा पनि बैठकमा छलफल हुने उनले जानकारी दिए ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

नाडा स्थापनाको ५० वर्षः काठमाडौँमा ‘वाकाथन’सहित स्वर्ण उत्सव समारोह सम्पन्न

अटोमोबाइल्स व्यवसायीको छाता संस्था नाडा अटोमोबाइल्स एसोसियशन अफ नेपाल...

अनुकुल श्रेष्ठ बने एनवाइईएफ ललितपुर च्याप्टरको अध्यक्ष

नेपालिज यङ इन्टरप्रेनर्स फोरम (एनवाईइएफ) ललितपुर च्याप्टरको अध्यक्षमा अनुकुल...

काठमाडौँमा फैलिँदै बर्डफ्लू, हालसम्म ११ जिल्लामा संक्रमण पुष्टि

काठमाडौँ उपत्यकामा बर्डफ्लू संक्रमणले तीव्र रुप लिएको छ ।...

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रमको घोषणा, आवेदन खुल्ला

ग्लोबल आइएमई बैंकले मुलुकमा उद्यमशिलताको विकास र साना तथा...

सिटिजन्स बैंकको वेबसाइट तथा मोबाइल बैंकिङमार्फत SIP आवेदन भर्न सकिने

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सिटिजन्स क्यापिटल लिमिटेडको सहकार्यमा सर्वसाधारण...

राष्ट्र बैंकद्वारा पोखरा फाइनान्सको शीघ्र सुधारात्मक कारवाही फुकुवा

नेपाल राष्ट्र बैंकले पोखरा फाइनान्स लिमिटेडलाई गरिएको शीघ्र सुधारात्मक...
spot_img