राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का मन्त्रीहरुले पार्टीलाई मासिक १८ हजार बुझाउनु पर्ने भएको छ । रास्वपाको बिहीबार सिंहदरबारमा बसेको संसदीय दलको बैठकले मन्त्री र सांसदहरूको लेबी तोक्ने निर्णय गरेको हो ।
जस अनुसार सांसदहरूका लागि १६ हजार ५ सय र मन्त्रीहरूका लागि १८ हजार लेबी तोकिएको छ । मन्त्रीका स्वीकय सचिवको लागि मासिक २ हजार लेबी तोकिएको छ।
यस संगै अब रास्वपाबाट सांसद बनेकाहरुले पार्टीलाई मासिक १६ हजार ५ सय र मन्त्रीहरूले मासिक १८ हजार रुपैयाँ लेबी वापत पार्टीलाई बुझाउनु पर्नेछ।












