Sunday, June 28, 2026
spot_img

अब एनआरएनबाट वार्षिक १ खर्ब लगानी ल्याइने, सरकारले भोटिङ अधिकार पनि दिने

spot_img
spot_img

सरकारले गैर आवासीय नेपालीलाई सुप्रिम अर्गानिक इन्भेस्टरको रुपमा स्थान दिने भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले आज ‘राष्ट्रिय प्रतिबद्धता’को मस्यौदा सार्वजनिक गर्दै गैर आवासीय नेपाली (एनआरएन)लाई विशेष प्राथमिकतामा राखेको हो ।

जस अनुसार सरकारले संवैधानिक र कानुनी व्यवस्था गरी गैर आवासीय नेपालीको नागरिकताको निरन्तरता, पैतृक सम्पत्ति र मतदानको अधिकार सुनिश्चित गर्ने भएको छ। “एकपटकको नेपाली सधैंको नेपाली” लाई सुनिश्चित गरी विदेशमा रहेका नेपालीको ज्ञान, सीप र अनुभवलाई ब्रेन गेनको रुपमा प्रयोग गर्ने सरकारको योजना छ।

गैर आवासीय नेपालीहरुलाई खास प्राकृतिक लगानीकर्ता (सुप्रिम अर्गानिक इन्भेष्टर) को स्थान दिइ पूर्वाधार विकास र निर्यातमूलक उद्योगमा लगानी गर्न वार्षिक एक खर्वको डायस्पोरा बण्ड जारी गरिने सरकारले जनाएको छ । डायस्पोराको पुँजी र ज्ञान आकर्षित गरी अन्तर्राष्ट्रियस्तरको खेलकुद शहर, उच्च शिक्षा अनुसन्धान केन्द्र, विशिष्टिकृत स्वास्थ्य सेवा, सांस्कृतिक पर्यटन लगायतका क्षेत्रमा आयोजनाहरुको विविधीकरण गरिनुका साथै फास्ट ट्याक मोडेलमा निर्माण गरिने प्रतिवद्दतामा उल्लेख छ ।

विदेशमा वस्ने नेपालीहरुको लगानी प्रोत्साहन गर्न नेपालीहरुको ठूलो बसोवास भएका देशहरुसँग दोहोरो कर प्रणाली अन्त्य गर्न द्विपक्षीय सम्झौता गरिने सरकारले जनाएको छ । पहिलो पुस्ताका डायस्पोराका लागि सेवा निवृत्तिपछि मातृभूमि फर्कौ भन्ने प्याकेज ल्याइने प्रतिवद्दतामा उल्लेख छ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

नाडा स्थापनाको ५० वर्षः काठमाडौँमा ‘वाकाथन’सहित स्वर्ण उत्सव समारोह सम्पन्न

अटोमोबाइल्स व्यवसायीको छाता संस्था नाडा अटोमोबाइल्स एसोसियशन अफ नेपाल...

अनुकुल श्रेष्ठ बने एनवाइईएफ ललितपुर च्याप्टरको अध्यक्ष

नेपालिज यङ इन्टरप्रेनर्स फोरम (एनवाईइएफ) ललितपुर च्याप्टरको अध्यक्षमा अनुकुल...

काठमाडौँमा फैलिँदै बर्डफ्लू, हालसम्म ११ जिल्लामा संक्रमण पुष्टि

काठमाडौँ उपत्यकामा बर्डफ्लू संक्रमणले तीव्र रुप लिएको छ ।...

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रमको घोषणा, आवेदन खुल्ला

ग्लोबल आइएमई बैंकले मुलुकमा उद्यमशिलताको विकास र साना तथा...

सिटिजन्स बैंकको वेबसाइट तथा मोबाइल बैंकिङमार्फत SIP आवेदन भर्न सकिने

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सिटिजन्स क्यापिटल लिमिटेडको सहकार्यमा सर्वसाधारण...

राष्ट्र बैंकद्वारा पोखरा फाइनान्सको शीघ्र सुधारात्मक कारवाही फुकुवा

नेपाल राष्ट्र बैंकले पोखरा फाइनान्स लिमिटेडलाई गरिएको शीघ्र सुधारात्मक...
spot_img