Saturday, May 2, 2026
spot_img
spot_img

बैशाख ७ गतेदेखि दैलेखमा प्रादेशिक महोत्वस हुँदै, कर्णाली झल्कने १८० स्टल रहने

spot_img
spot_img

दैलेखमा बैशाख ७ गतेदेखि १९ गतेसम्म प्रादेशिक महोत्वस आयोजना हुने भएको छ । ‘कृषि, उद्यम, पर्यटन र व्यापार, समृद्ध दैलेखको आधार’ भन्ने नाराका साथ आयोजना गर्न लागिएको महात्वसवबाट कर्णाली प्रदेशको पहाडी जिल्ला दैलेखका स्थानीय उत्पादन र त्यहाँको पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने विश्वास लिइएको छ ।

नेपाल उद्योग वाणिज्य संघ दैलेखका पूर्व अध्यक्ष यम मल्लका अनुसार महोत्सवमा कर्णाली भल्किने १८० स्टलहरु रहने छन् । यीमध्ये ३० वटा स्थानीय उत्पादनका मात्रै स्टलहरु रहने छन् भने महोत्सव अवधिभरमा करिब ५ लाख दर्शकले अवलोकन गर्ने लक्ष्य लिइएको आयोजकले जनाएको छ । मल्लका अनुसार उत्पादन, पर्यटन, कृषि जस्ता सम्भावनाका क्षेत्रहरु पहिचान गर्दै दैलेखमा लगानी भित्र्याउने लक्ष्यसमेत राखिएको छ ।

संघका पूर्व अध्यक्ष शान्ति प्रसाद शर्माले दैलेखको सम्पदा, संस्कृति, परम्परा, पर्यटन, इतिहासका विषयमा समेत महोत्सवमा जानकारी दिइने बताए । कृषि, जलविद्युत, पर्यटनका हिसावले महत्वपूर्ण जिल्लाका रुपमा रहेको दैलेखको विकासका लागि सबैको साहयोग आवश्यक पर्ने उनको भनाइ छ । जिल्लामा सुन, तामा लगायतका खानी भएकाले त्यसयको उत्खनन् गर्न सकिएको खण्डमा जिल्लाको मुहार फेरिने उनको भनाइ छ । अर्को तर्फ पेट्रोलियम खानी भएको पुष्टि भइसकेको अवस्थामा त्यसबाट इन्धन निकालेर प्रयोग गर्नेतर्फ उचित ध्यान दिन पनि उनले सरकारलाई आग्रह गरे ।

जिल्लाका उद्योगी व्यवसायीले मात्रै लगानी गरेर जिल्लाको विकास सम्भव नहुने भएकाले बाह्य लगानी भित्र्याउनका लागि पनि यो महोत्सव महत्वपूर्ण हुने बताए । जिल्लाको पेट्रोलियम खानी उत्खननका विषयमा अघिल्लो सरकासँग कुरा हुँदा फागुन÷चैत बाट नै सुरु गर्ने भनिएको भए पनि अहिले अलपत्र परेको भन्दै यसमा पनि सरकारले ध्यान दिनु पर्ने उनको भनाइ छ ।

दैलेखी सेवा समाजका अध्यक्ष प्रताव शाहीले जीवन, भुगोल, भाषा, संस्कृति, भेषभुषाका कारण दैलेख सम्भावना बोकेको जिल्ला भएको बताउँदै सबैको हातेमालोबाट जिल्लाको विकास सम्भव रहेको बताएका छन् ।

फोटो पत्रकार तथा मनधरी फाउण्डेसनका अध्यक्ष भरतबन्धु थापाले भाषाको उत्पति भएको क्षेत्र राज्यले नै पछि पारेको भन्दै आफ्नो तर्फबाट महोत्वस सफल पार्नका लागि गर्ने सहयोग गर्ने प्रतिवद्धता जनाए ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

राष्‍ट्रपति पौडेलद्वारा सम्पत्ति शुद्धीकरण निवारण अध्यादेश जारी

राष्‍ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण (तेस्रो...

सिन्धुली र रामेछाप जोड्ने मोड्युलर पुल उद्घाटन

सुनकोशी नदीमा निर्मित सिन्धुली र रामेछाप जोड्ने मोड्युलर पुल...

 नेशनल लाईफले अभिकर्तालाई गरायो नारायणी क्रुज सफारी

नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि. ले आन्तरिक पर्यटन प्रबद्धन...

सूचना प्रविधि क्षेत्रमा सरोकारवालाले खोजे नीतिगत स्पष्टता, बजेट वृद्धि गरि सहकार्यको आग्रह

सूचना तथा सञ्चार प्रविधि क्षेत्रका सरोकारवालाहरूले नीतिगत सुधार, पर्याप्त...

यो वर्ष मनसुन कमजोर रहने पूर्वानुमान, खाद्य उत्पादन घट्ने र महँगी बढ्ने जोखिम

यो वर्ष दक्षिण-पश्चिम मनसुन कमजोर रहने उच्च सम्भावना रहेको...
spot_img