Sunday, June 28, 2026
spot_img

२२९ भोट सहित २५ वर्षिया रुवीकुमारी उपसभामुख निर्वाचित

spot_img
spot_img

प्रतिनिधिसभाको उपभामुख पदका रुवीकुमारी ठाकुर निर्वाचित भएकी छिन् । उपसभामुख पदको लागि भएको निर्वाचनमा ठाकुरले बहुमत सदस्यको भोट पाएसँगै उनी उपसभामुख निर्वाचित भएकी हुन् ।

बैठकमा २५६ सांसद उपस्थित रहेकोमा ठाकुरको पक्षमा २२९ मत, विपक्षमा ५ मत र तटस्थमा २२ मत प्राप्त भएको छ । ठाकुर श्रम संस्कृति पार्टीको तर्फबाट उम्मेदवार थिइन् । उनलाई राप्रपा र एमाले बाहेक बाँकि सबै दलको समर्थन थियो। राप्रपाले आफ्नै पार्टीको तर्फबाट उम्मेदवारी दिएको थियो भने एमाले निर्वाचनमा तटस्थ बसेको हो ।

राप्रपाले भने उपसभामुखमा सरस्वती लामालाई उम्मेदवार बनाएको थियो । लामाले पक्षमा ५ मत, र विपक्षमा २१५ मत पाईन् भने ३७ सांसद तटस्थ बसे । उनको लागि मतदान हुँदा संसदमा २५७ सांसद उपस्थित थिए। लामाले आफ्नो पार्टी राप्रपाको मात्र मत पाएकी हुन् भने एमाले बाहेकका अन्य दल उनको विपक्षमा उभिए । एमाले निर्वाचनमा तटस्थ बसेको हो ।

यी दुई उम्मेदवार मध्ये ठाकुरले बहुमत भोट पाएकोले उनी उपसभामुख निर्वाचित भएकी हुन् । ठाकुर श्रम संस्कृति पार्टीकी समानुपातिक सांसद हुन् । उनी २५ वर्षकी भइन्। यस संगै उनी अहिलेसम्म कै कम उमेरको उपसभामुख भएकी छिन् ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

नाडा स्थापनाको ५० वर्षः काठमाडौँमा ‘वाकाथन’सहित स्वर्ण उत्सव समारोह सम्पन्न

अटोमोबाइल्स व्यवसायीको छाता संस्था नाडा अटोमोबाइल्स एसोसियशन अफ नेपाल...

अनुकुल श्रेष्ठ बने एनवाइईएफ ललितपुर च्याप्टरको अध्यक्ष

नेपालिज यङ इन्टरप्रेनर्स फोरम (एनवाईइएफ) ललितपुर च्याप्टरको अध्यक्षमा अनुकुल...

काठमाडौँमा फैलिँदै बर्डफ्लू, हालसम्म ११ जिल्लामा संक्रमण पुष्टि

काठमाडौँ उपत्यकामा बर्डफ्लू संक्रमणले तीव्र रुप लिएको छ ।...

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रमको घोषणा, आवेदन खुल्ला

ग्लोबल आइएमई बैंकले मुलुकमा उद्यमशिलताको विकास र साना तथा...

सिटिजन्स बैंकको वेबसाइट तथा मोबाइल बैंकिङमार्फत SIP आवेदन भर्न सकिने

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सिटिजन्स क्यापिटल लिमिटेडको सहकार्यमा सर्वसाधारण...

राष्ट्र बैंकद्वारा पोखरा फाइनान्सको शीघ्र सुधारात्मक कारवाही फुकुवा

नेपाल राष्ट्र बैंकले पोखरा फाइनान्स लिमिटेडलाई गरिएको शीघ्र सुधारात्मक...
spot_img