सङ्घीय संसदको दुवै सदनको चालु अधिवेशन चैत २७ गते शुक्रबार राति १२ः०० बजेदेखि अन्त्य हुने भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसदको दुवै सदनको चालु अधिवेशन चैत २७ गते शुक्रबार राति १२ः०० बजेदेखि लागु हुने गरी अन्त्य गरेका हुन् ।
नेपालको संविधानको धारा ९३ को उपधारा (२) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को यही चैत २४ गतेको निर्णय र सिफारिसमा अधिवेशन अन्त्य गर्ने निर्णय भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । यही चैत १९ गतेदेखि दुवै सदनको अधिवेशन प्रारम्भ भएको थियो । शुक्रबार नै राष्ट्रापतिले संसदको दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
अब बजेट अधिवेशन आह्वान हुने छ । जेठ १५ गते आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट पेश हुने छ ।












