प्रतिनिधिसभाको उपभामुख पदका लागि दुई जनाको उम्मेदवारी परेको छ। आज राष्ट्रिय प्रजातन्त्र पार्टीकी सरस्वती लामा र श्रम संस्कृति पार्टीकी रुबी कुमारी ठाकुरको उम्मेदवारी परेको हो।
सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीले श्रम संस्कृति पार्टीकी रुवीकुमारी ठाकुरलाई समर्थन गरेको छ। यससंगै ठाकुर उपसभामुखमा निर्वाचित हुने निश्चित छ ।
ठाकुर श्रम संस्कृति पार्टीकी समानुपातिक सांसद हुन् । उनी २५ वर्षकी भइन्। उपसभामुखको लागि शुक्रबार निर्वाचन हुने छ।












