नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक हाजिरी जमानीमा रिहा हुने भएका छन्। सर्वोच्च अदालतको आदेश अनुसार प्रहरीले उनीहरुलाई हाजिरी जमानीमा रिहा गर्ने तयारी गरेको हो ।
सर्वोच्च अदालतले मुद्दा चलाउने निर्णय भएमा सोहीअनुसार गर्न मुद्दा चलाउने निर्णय नभएमा हिरासतमुक्त गर्न आदेश दिएको थियो। सरकारी वकिलको कार्यालयले मुद्दा नचलाउने निर्णय गरेसंगै प्रहरीले आज उनीहरुलाई रिहा गर्ने तयारी गरेको हो।
सरकारी वकिल कार्यालयले हाजिरी जमानीमा रिहा गर्नको लागि जिल्ला प्रहरी परिसर काठमाडौँलाई पत्राचार गरिसकेको छ। अब प्रहरीले आवश्यक प्रक्रिया पुर्याएर उनीहरुको नजिकको आफन्तको जिम्मा लगाएर हाजिर जमानीमा छोडिदिने छ।
उनीहरु चैत्र १४ गते बिहान पक्राउ परेका थिए । जेन्जी आन्दोलन जाँचबुझ गर्न गठित गौरी बहादुर कार्की नेतृत्वको प्रतिवेदनको सिफारिसको आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको थियो।












