सार्वजनिक यातायातको भाडा बढेको छ । सरकारले आज बुधबार सार्वजनिक यातायातको भाडादर बढाएको हो । इजरायल र इरानको युद्धका कारण इन्धनको मूल्यमा भारी वृृद्धि भएपछि सरकारले नयाँ भाडादर तोकेको हो ।
अब यात्रुवाहक सवारी साधनको भाडामा १६.७१ प्रतिशतले वृद्धि गरिएको छ । पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारी साधनको भाडा २१.६८ प्रतिशत र तराईमा चल्ने मालवाहक सवारीको भाडा १५.७५ प्रतिशतले बढेको हो ।
यातायात व्यवस्था विभागले यसअघि नै मन्त्रालयमा भाडा बढाउने प्रस्ताव पेश गरेको भएपनि मंगलबार मात्रै मन्त्रालयले स्वीकृत दिएको थियो ।
बिभिन्न १३ वटा सुचकहरुलाई आधारको रुपमा लिई मिति २०७२ सालदेखि वैज्ञानिक भाडादर लागु भए देखि नै सार्वजनिक यातायातको स्वचालित रुपमा भाडादर समायोजन हुदै आएको थियो । १३ सुचकहरु मध्ये प्रमूख सुचकको रुपमा रहेको ईन्धनको बजार मूल्य ५% वा सो भन्दा बढीले बढेमा वा घटेमा विभागले अभ्यास गर्दै आएको वैज्ञानिक भाडा समायोजन प्रणाली अनुसार स्वचालित रुपमा अन्तर प्रदेश सार्वजनिक यातायातको भाडा बढ्ने वा घट्ने व्यवस्था अनुसार पछिल्लो पटक डिजेलको औषत बजार मूल्य रू १५०.८३ /- ( प्रति लिटर) हुँदा मिति २०८१।९।२२ मा भाडा समायोजन गरिएको थियो ।
त्यसयता बिभिन्न सुचकहरुको वजारमुल्यमा आएको परिबर्तन र ईन्धनको मुल्यमा भएको बृधि समेतलाई विचार गरि आज मिति २०८२।१२।२५ देखि लागु हुनेगरि दुई वा सो भन्दा बढी प्रदेश भई (राष्ट्रियस्तरका रुटमा ) सञ्चालन हुने सार्वजनिक यातायातको भाडादर स्वचालित प्रणाली बमोजिम भाडा समायोजन भएको हो।
अहिले अन्तर प्रदेश सार्वजनिक यातायातका यात्रुवाहक तथा मालवाहक सवारीको भाडा बढेको हो । प्रदेश भित्रको हकमा भने सम्बन्धित प्रदेश मन्त्रालयले निर्णय गर्ने छन् ।
कहाँ पुग्न कति भाडा ?












