सार्वजनिक यातायातको भाडा बढेको छ । सरकारले सार्वजनिक यातायातको भाडादर बढाएको हो । इजरायल र इरानको युद्धका कारण इन्धनको मूल्यमा भारी वृृद्धि भएपछि सरकारले नयाँ भाडादर तोकेको हो ।
अब यात्रुवाहक सवारी साधनको भाडामा १६.७१ प्रतिशतले वृद्धि गरिएको छ । पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारी साधनको भाडा २१.६८ प्रतिशत र तराईमा चल्ने मालवाहक सवारीको भाडा १५.७५ प्रतिशतले बढेको हो ।
यातायात व्यवस्था विभागले यसअघि नै मन्त्रालयमा भाडा बढाउने प्रस्ताव पेश गरेको भएपनि मंगलबार मात्रै मन्त्रालयले स्वीकृत दिएको थियो ।












