Sunday, June 28, 2026
spot_img

डरलाग्दो सुनिए ट्रम्प, आजै इरानको सम्पूर्ण सभ्यता नै नष्ट गरिदिने चेतावनी

spot_img
spot_img

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई होर्मुज जलडमरु खोल्नको लागि दिएको अल्टिमेटम आज सकिँदै छ। यदि साँझ ८ बजे (अमेरिकी समय) भित्र सम्झौता नभएमा इरानका सबै पुल र विद्युत गृहहरू “पूर्ण रूपमा नष्ट” गर्ने कडा धम्की उनले दिएका छन्।

ट्रम्पले ट्रुथ सोसलमा लेखेका छन्, “आज राति नै एउटा सम्पूर्ण सभ्यता मर्नेछ, कहिल्यै फर्केर आउन नसक्ने गरी । म त्यो चाहन्न, तर  राम्रो कुरा भएन भने… हेर्नुहोस् ! इरानको सम्पूर्ण देश एक रातमा नै नष्ट गर्न सकिन्छ र त्यो रात सायद भोलि राति नै हुन सक्छ ।”

ट्रम्पले सोमबार नै “मंगलबार पावर प्लान्ट डे र ब्रिज डे” हुने बताएका थिए । अर्थात् उनले मंगलबार पावर प्लान्ट र पुलमा आक्रमण गर्ने बताएका थिए ।

यो धम्की इरान–अमेरिका युद्धको पाँच हप्ता लामो द्वन्द्वका क्रममा आएको हो । फेब्रुअरी २८ देखि सुरु भएको युद्धमा अमेरिका र इजरायलले इरानका सैन्य र आणविक लक्ष्यहरूमा आक्रमण गरिरहेका छन् ।  होर्मुज जलडमरु खुला नगरेसम्म इरानमाथि ठूलो आक्रमण गर्ने चेतावनी  ट्रम्पले दिइरहेका छन् ।

इरानले ट्रम्पको प्रस्तावित ४५ दिने युद्धविराम अस्वीकार गर्दै स्थायी शान्ति, प्रतिबन्ध हटाउने र पुनर्निर्माणको माग गरेको छ । इरानी राष्ट्रपति मसुद पेजेश्कियनले १ करोड ४० लाख इरानी (स्वयं सहित) लड्न तयार रहेको बताएका छन् ।

इरानी अधिकारीहरूले युवा, विद्यार्थी, कलाकार र प्राध्यापकहरूलाई “मानव चेन” बनाएर विद्युत गृहहरूको रक्षा गर्न आह्वान गरेका छन् । “यी विद्युत गृहहरू राष्ट्रका सम्पत्ति र भविष्यका लागि हुन्,” एक उच्च अधिकारीले भिडियो सन्देशमा भनेका छन् । इरानले यदि आक्रमण भएमा “चरम र व्यापक” प्रतिकार गर्ने चेतावनी दिएको छ ।

हालसम्म अमेरिका वा इजरायलबाट परमाणु हतियार प्रयोगको कुनै संकेत देखिएको छैन । यसअघिका आक्रमणहरू पारम्परिक हवाई हमला र मिसाइलमा सीमित रहेका छन् । ट्रम्पको धम्की पनि विद्युत गृह र पुल जस्ता नागरिक पूर्वाधारमा केन्द्रित छ, जसलाई अन्तर्राष्ट्रिय कानुन अनुसार युद्ध अपराध मान्न सकिन्छ ।

ट्रम्पले दिएको समयसीमा अब केही घण्टामै सकिँदै छ । यदि अन्तिम घडीमा कुनै सम्झौता भएन भने आज राति नै अमेरिकी सेनाले इरानका विद्युत गृह र पुलहरूमाथि ठूलो आक्रमण गर्न सक्ने सम्भावना छ । यसले इरानको विद्युत आपूर्ति पूर्ण रूपमा बन्द हुन सक्छ र लाखौं नागरिक प्रभावित हुनेछन् ।

अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढिरहेको छ र विश्वभर तनाव बढ्दै गएको छ । दुवै पक्षबाट कुनै अन्तिम सम्झौता भएमा युद्ध रोकिन सक्छ, तर हालसम्म इरानले कुनै झुकाव देखाएको छैन ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

आज कुन तरकारी र फलफूलको मूल्य कति छ ?

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आइतबारका लागि...

यस्तो छ आजका लागि तोकिएको विदेशी मुद्राको विनिमयदर

नेपाल राष्ट्र बैंकले आज आइतबारका लागि विदेशी मुद्राको विनिमयदर...

कस्तो रहला आजको मौसम ?

आज आइतबार कोशी प्रदेशका अधिकांश स्थानमा भारी वर्षाको सम्भावना...

एनवाईइएफ ललितपुरको अध्यक्षमा अनुकूल श्रेष्ठ निर्वाचित, युवा उद्यमशीलता, स्टार्टअप र नेतृत्व विकासमा जोड

नेपाली युवा उद्यमी मञ्च (एनवाईइएफ) ललितपुर च्याप्टरको वार्षिक साधारण...

पोर्चुगलसँग बराबरी खेलेपछि कोलम्बिया बन्यो समूह बिजेता

फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘के’ को खेलमा कोलम्बिया...

नाडा स्थापनाको ५० वर्षः काठमाडौँमा ‘वाकाथन’सहित स्वर्ण उत्सव समारोह सम्पन्न

अटोमोबाइल्स व्यवसायीको छाता संस्था नाडा अटोमोबाइल्स एसोसियशन अफ नेपाल...
spot_img