Sunday, April 5, 2026
spot_img
spot_img

महासंघको वस्तुगत उपाध्यक्षमा शिव घिमिरेद्वारा समूहसहित उम्मेदवारी दर्ता

spot_img
spot_img

नेपाल उद्योग वाणिज्य महासंघको आगामी कार्यकालको वस्तुतर्फको उपाध्यक्षमा शिवप्रसाद घिमिरेले समूहसहित उम्मेदवारी दर्ता गराएका छन् । आफ्नो नेतृत्वमा १६ जना सदस्यका उम्मेदवार घोषणा गरेर चुनावी अभियानमा होमिएका घिमिरेले आइतबार उम्मेदवारी दर्ता गराएका हुन् ।

घिमिरेको समूहले वस्तुगत तर्फका सबै क्षेत्रलाई समेटेर उम्मेदवारी दर्ता गराइएको जनाएको छ । उनको समूहबाट केन्द्रीय कार्यकारिणी समिति सदस्यमा डेरी तथा दुग्ध पदार्थ उत्पादन र प्रशोधन क्षेत्रबाट अरनिको राजभण्डारी, पोल्ट्री व्यवसाय क्षेत्रबाट रबिन पुरी, अलैंची उत्पादन तथा निर्यात क्षेत्रबाट राज कुमार कार्की, बीउ–विजन क्षेत्रबाट बसन्त चन्द्र मरहट्टा, कृषि बजारीकरण क्षेत्रबाट सुनिता न्हेम्हाफुकी, पश्मिना उत्पादन तथा निर्यात क्षेत्रबाट धन प्रसाद लामिछाने, सौर्य ऊर्जा तथा बायोग्यास क्षेत्रबाट एब बहादुर थापा मगर, स्टक शेयर बजार क्षेत्रबाट धर्म राज सापकोटा, सिमेन्ट उत्पादन क्षेत्रबाट रघु नन्दन मारुले उम्मेद्वारी दर्ता गराएका छन् ।

त्यस्तै प्लाईउड उत्पादन तथा निर्यात क्षेत्रबाट होम प्रसाद घिमिरे, फ्लोरिकल्चर (फूल खेती) उत्पादन क्षेत्रबाट राजेश भक्त श्रेष्ठ, खानेपानी उत्पादन तथा व्यवस्थापन क्षेत्रबाट ध्रुव बहादुर गौतम, टुरिजम तथा होटल व्यवसाय क्षेत्रबाट संघर्ष बिष्ट, जुत्ता चप्पल उत्पादन क्षेत्रबाट नानी राज घिमिरे उम्मेदवार बनेका छन् ।

त्यस्तै वस्तुगत महासंघ तर्फको कार्यकारिणी सदस्यमा यातायात तथा पारवहन क्षेत्रबाट बिश्वनाथ खनाल र इटा उद्योग क्षेत्रबाट कृष्ण प्रसाद अवालले उम्मेदवारी दिएका छन् ।

यो समूहलाई महासंघका भावी अध्यक्ष अञ्जन श्रेष्ठको समर्थन गरेका छन् । सबै क्षेत्रको प्रतिनिधित्व भएकाले आफ्नो समूहले निर्वाचन जित्ने घिमिरेको विश्वास छ ।

उम्मेदवारी दर्तापछि घिमिरेले सुरक्षित नीजि क्षेत्र र शसक्त महासंघको अवधारणामा काम गर्ने बताउँदै महासंघलाई साना, ठूला, मझौला सबै व्यवसायीको घाम पानी छेक्ने वास्तविक छाता बनाउने बताएका छन् ।

भावी अध्यक्ष अञ्जन श्रेष्ठको समर्थन रहेको एसोसियट तर्फको उम्मेदवारी पनि दर्ता भएको छ । उपाध्यक्षमा प्रवलजंग पाण्डेको नेतृत्वमा उम्मेदवारी दर्ता भएको छ ।

महासंघको ६०औं साधारणासभा तथा निर्वाचन आगामी चैत २९ र ३० गते हुँदैछ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

एशोसिएट्स उपाध्यक्ष ज्योत्सना श्रेष्ठ समुहको उम्मेदवारी दर्ता, यी हुन् १९ उम्मेदवार

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनका लागि एशोरिएट्सर्फका उपाध्यक्षका...

राष्ट्र बैंकले एसएमई कर्जाको जोखिमभार घटायो

नेपाल राष्ट्र बैंकले केही निश्चित कर्जाको जोखिमभार घटाएको छ...

इरानलाई ट्रम्पले दिए ४८ घण्टे अल्टिमेटम, हर्मुज जलमार्ग नखोले पावर प्लान्टमा आक्रमण गर्ने

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई कडा चेतावनी दिएका छन्।...

आयल निगमले भन्यो ‘बिदा पायौँ भनेर घुम्न नजानुस्’

नेपाल आयाल निगमनले बिदा पायौँ भनेर घुम्न नजान आम...

ओली र लेखकलाई रिहा गर्न माग गरिएको रिट हेर्दाहेर्दैमा

सर्वोच्च अदालतले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली...

यस्ता छन् आज बसेको मन्त्रिपरिषद् बैठकका ८ निर्णय

आज चैत्र २२ गते बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न ८...
spot_img