Friday, June 19, 2026
spot_img

गरिमा क्यापिटलको ओपन म्युचुअल फण्ड ‘गरिमा सुवर्ण योजना’ को इकाई बाँडफाँड

spot_img
spot_img

गरिमा क्यापिटलको पहिलो खुलामुखी सामुहिक लगानी कोष योजना “गरिमा सुवर्ण योजना ” को इकाई बाँडफाँड भएको छ। आज आइतबार इकाई बाँडफाँड भएको हो।

क्यापिटलले फागुन २८ गतेदेखि चैत्र ११ गतेसम्म गरिमा म्युचुअल फण्ड अन्तर्गत संचालन हुने गरिमा सुवर्ण योजना नामको ओपन म्युचुअल फण्डको इकाई निष्काशन गरेको थियो।  यस योजनाको आकार १ अर्ब रहेकोमा पहिलो चरणमा ५ करोड इकाई मात्र निष्काशन गरिएको थियो। जस मध्ये बिज पुंजी वापत ६० लाख इकाई योजना व्यवस्थापक गरिमा क्यापिटललाई, र ९० लाख इकाई कोष प्रबर्दक गरिमा विकास बैंकलाई छुट्याईएको थियो। बाँकि रहेको ३ करोड ५० लाख इकाई सर्वसाधारणलाई निष्काशन भएको थियो।

क्यापिटलका अनुसार यस निष्काशनमा बीज पूँजी सहित जम्मा १,०६,७९४ आवेदकहरुबाट ७१ करोड ५७ लाख ८३ हजार २ सय रुपैयाँ बराबरको ७ करोड १५ लाख ७८ हजार ३ सय २० इकाई खरिदको लागि अन्तिम आवेदन प्राप्त भएको थियो, जुन माग भ्ग्न्दा बढीको आवेदन हो।

माथि उल्लिखित आवेदनहरु मध्ये १७० जना आवेदकहरुबाट ४१ हजार इकाई खरिदका लागि प्राप्त आवेदन रीतपूर्वक नदेखिएकाले बाँडफाँटमा समावेश नगरी १,०६,६२४ आवेदकहरुले रीतपूर्वक माग गरेको ७१ करोड ५३ लाख ७३ हजार २ सय रुपैयाँ बराबरको ७ करोड १५ लाख ३७ हजार ३ सय २० इकाई (बीज पूँजी सहित) माग गरे बमोजिम बाँडफाँड गरिएको क्यापिटलले जनाएको छ ।

नेपाल धितोपत्र बोर्डबाट १ अर्ब रुपयौँ बराबरको १० करोड इकाईहरु सार्वजनिक निष्काशन गर्न स्वीकृती प्राप्त भई यस योजनाको विवरणपत्रमा समेत अधिकतम बिक्री गर्न सकिने योजनाको इकाई संख्या बीज पूँजी सहित १ अर्ब रुपैयाँ बराबरको १० करोड इकाई भएको हुँदा पहिलो चरणमा ५ करोड इकाई मात्र खरिदको लागि दरखास्त आह्वान गरिएको भएतापनि इकाई खरिदका लागि रीतपूर्वक आवेदन दिनुभएका सम्पूर्ण आवेदकहरुलाई “धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका, २०७४” मा भएको व्यवस्था बमोजिम माग गरे बमोजिमकै इकाई बाँडफाँट गरिएको क्यापिटलले उल्लेख गरेको छ।

गरिमा सुवर्ण योजना खुलामुखी योजना रहेको हुँदा यस योजनाको इकाई खरिद बिक्री नेपाल स्टक एक्सचेञ्जबाट गर्न मिल्दैन । तर इकाई बाँडफाँट भएको मितिले तीन महिना पश्चात् योजनाको इकाई नियमित खरिद बिक्री (एसआईपी समेत) गर्न मिल्ने गरी कारोबार सञ्चालनमा ल्याइने क्यापिटलले जनाएको छ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

सेबोनको अध्यक्षमा नियुक्त भएका डा. गोपाल भट्ट को हुन् ?

सरकारले नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्षमा डा. गोपालप्रसाद...

धितोपत्र बोर्डको अध्यक्षमा डा. गोपाल भट्ट नियुक्त

नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्षमा डा. गोपालप्रसाद भट्ट...

१० मेगावाटभन्दा कम क्षमताका हाइड्रोको पीपीए खुला

सरकारले १० मेगावाटभन्दा कम क्षमताका जलविद्युत् आयोजनाको विद्युत् खरिद...

जबर्जस्ती कर्जा प्रवाह गरेर उद्यमी वा व्यवसायी जन्माउन सकिँदैनः गर्भनर

नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्व पौडेलले ऋणीहरुलाई सबैतिरबाट...

प्राइम कमर्शियल बैंकले पायो ऋणपत्र निष्काशनको अनुमति

प्राइम कमर्शियल बैंकले ऋणपत्र निष्काशनको अनुमति पाएको छ। नेपाल...

शेयर लगानीकर्तालाई अनुसन्धानमा तानिन्छौँ कि भन्ने त्रास भएको हुन सक्छ : अर्थमन्त्री वाग्ले

अर्थमन्त्री डा. स्वर्णिम वाग्ले शेयरबजारका केही लगानीकर्तामा भय त्रास...
spot_img