Saturday, April 4, 2026
spot_img
spot_img

स्ट्रेट अफ होर्मुज खुलाउन बल प्रयोग गर्ने कि नगर्ने भन्नेबारे राष्ट्र संघमा मतदान हुँदै

spot_img
spot_img

विश्वव्यापी तेल आपूर्तिको प्रमुख जल मार्ग स्ट्रेट अफ होर्मुज खुला राख्न तथा जहाजहरूको सुरक्षित आवतजावत सुनिश्चित गर्न ‘प्रतिरक्षात्मक साधन’ प्रयोग गर्न अनुमति दिने प्रस्तावमाथि संयुक्त राष्ट्र संघको सुरक्षा परिषद्‌मा आज (शुक्रबार) मतदान हुँदैछ। बहराइनले प्रस्तुत गरेको यो प्रस्ताव ईरानको युद्धका कारण होर्मुज बन्दजस्तो अवस्था सिर्जना भएको सन्दर्भमा आएको हो।

नेपाल समयअनुसार साँझ ८:४५ बजे मतदानको कार्यक्रम तय गरिएको थियो। तर गुड फ्राइडेको बिदाका कारण केही कूटनीतिक स्रोतले मतदान शनिबार बिहानसम्म सर्न सक्ने बताएका छन्। अन्तिम घोषणा अझै हुन बाँकी छ।

प्रस्ताव पारित भए के हुन्छ ?
प्रस्ताव पारित भएमा संयुक्त राष्ट्र सुरक्षा परिषद्ले सदस्य राष्ट्रहरूलाई (एक्लै वा बहुराष्ट्रिय नौसेना साझेदारीमार्फत्) होर्मुज जलमार्ग मध्ये, गल्फ र गल्फ अफ ओमानमा जहाजहरूको सुरक्षित पारगमन सुनिश्चित गर्न “सबै आवश्यक प्रतिरक्षात्मक साधन” प्रयोग गर्न अग्रिम सूचना दिएर अनुमति दिन्छ। यो “आक्रामक” कारबाही होइन, मात्र रक्षात्मक हो भन्ने स्पष्ट उल्लेख गरिएको छ। यसले बहुराष्ट्रिय नौसेना गठबन्धन बनाएर तेल ट्याङ्कर र व्यापारिक जहाजहरूलाई सैन्य सुरक्षा दिन सकिने बाटो खोल्छ।

प्रस्ताव पारित भएमा आवश्यक परेको खण्डमा ईरानी हस्तक्षेप रोक्न रक्षात्मक कारबाही पनि हुन सक्छ। यो प्रस्ताव सुरुमा “सबै आवश्यक साधन” (all necessary means) भन्ने बलियो भाषा थियो। तर चीन, रूस र फ्रान्सको विरोधपछि ‘प्रतिरक्षात्मक’ मात्र बनाइएको हो।

 भिटोको जोखिम उच्च

यस प्रस्तावमा भिटोको जोखिम निकै उच्च छ। स्थायी सदस्य चीन र रूसले “कुनै पनि प्रकारको बल प्रयोग” को खुला अनुमति दिने भाषाको विरोध गर्दै आएका छन्। चीनले स्पष्ट रूपमा भिटो प्रयोग गर्ने संकेत दिएको छ भने रूस पनि उस्तै अडानमा छ। फ्रान्सले प्रतिरक्षात्मक भाषामा सहमति जनाएको छ, तर अन्तिम क्षणमा परिवर्तन हुन सक्छ। प्रस्ताव पारित हुन कसैले भिटो नलगाई ९ मत चाहिन्छ । यो मतदानले मध्यपूर्वको तनावलाई कुन दिशा दिन्छ भन्ने विश्वले प्रतीक्षा गरिरहेको छ।

विश्वको करिब २०–२१ प्रतिशत तेल आपूर्ति यहि जलमार्गबाट आउछ । यो मार्ग ईरानले बन्द गरेपछि विश्वव्यापी तेल मूल्य आकाशिएको छ र खाद्यान्न तथा ऊर्जा संकट बढ्न सक्ने चेतावनी दिइएको छ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

पहिलोपटक सम्पूर्ण ब्रोकरहरुको आइटी सिस्टमको अडिट हुँदै, ९३ वटा चेकलिस्ट तयार

नेपाल स्टक एक्सचेन्ज नेप्सेले सम्पूर्ण ब्रोकर कम्पनीहरुलाई आइटी अडिट...

इरानले हानेको ड्रोनका कारण यूएईमा ७ जना नेपाली घाइते, एक जनाको अवस्था गम्भीर

इरानले हानेको ड्रोनका कारण यूएईमा ७ जना नेपाली घाइते...

व्यवसायीले भने ‘सरकारले नबढाए गाडी भाडा आफै बढाउँछौँ, नभए सेवा बन्द गर्छौं’

सरकारले सार्वजनिक यातायातको भाडा समायोजन नगरे अब आफै बढाउने...

इन्धन खपत घटाउन पाकिस्तानको नयाँ कदम: ३० दिनको लागि सार्वजनिक यातायात निशुल्क

बढ्दो मूल्यसँगै इन्धन खपत घटाउन पाकिस्तानले नयाँ कदम चालेको...

इन्धनको मूल्य बढ्दै गएपछि भुटानले कर्मचारीलाई भन्यो ‘हिडेरै अफिस आउनु’

इन्धनको मूल्य बढ्दै गएपछि भुटान सरकारले ठूलो कदम चालेको...

ऊर्जा मन्त्रालयद्वारा विद्युत नीतिमाथि छलफल

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले विद्युत् नीतिमाथि...
spot_img