इरानले हानेको ड्रोनका कारण यूएईमा ७ जना नेपाली घाइते भएका छन् । संयुक्त अरब एमिरेट्स (यूएई) को अबु धाबी मिडिया अफिसका अनुसार, अबु धाबीको अजबान क्षेत्रमा एयर डिफेन्सले आक्रमणकारी मिसाइल र ड्रोनलाई रोक्दा खसेको मलबा (debris) ले १२ जनालाई चोट पुर्याएको हो।
यो घटना इरानसँगको तनावका क्रममा भएको मिसाइल आक्रमणको रोक्ने क्रममा भएको हो। अल जजिराका अनुसार घाइते मध्ये ७ जना नेपाली नागरिक रहेको र ति मध्ये एक जनाको अवस्था गम्भीर रहेको बताईएको छ । बाँकी ६ जना नेपालीको चोट सामान्यदेखि मध्यम छ। यस क्रममा भारतका ५ जना नागरिक पनि घाइते भएका छन्, उनीहरूको चोट पनि सामान्यदेखि मध्यम छ।
घाइतेहरूलाई तत्काल उपचारका लागि अस्पताल लगिएको छ। यूएईका अधिकारीहरूले नागरिकलाई आधिकारिक स्रोतबाट मात्र जानकारी लिन र अफवाह नफैलाउन अनुरोध गरेका छन्।












