Sunday, June 28, 2026
spot_img

इन्धन खपत घटाउन पाकिस्तानको नयाँ कदम: ३० दिनको लागि सार्वजनिक यातायात निशुल्क

spot_img
spot_img

बढ्दो मूल्यसँगै इन्धन खपत घटाउन पाकिस्तानले नयाँ कदम चालेको छ । प्रधानमन्त्री शहबाज शरीफको प्रत्यक्ष निर्देशनमा राजधानी इस्लामाबादमा सबै सार्वजनिक यातायात सेवा (बस, मेट्रोबस लगायत) ३० दिनसम्म पूर्ण रूपमा निःशुल्क गरिने भएको छ।

यो राहत कार्यक्रम भोलि अप्रिल ४, २०२६ देखि लागू हुनेछ। सार्वजनिक यातायात निशुल्क गर्दा ३५ करोड रुपैयाँ खर्च हुने र सो रकम गृह मन्त्रालयले बेहोर्ने जनाइएको छ। यो निर्णयले दैनिक यात्रुहरू, विद्यार्थी, कर्मचारी र निम्न आय भएका नागरिकहरूलाई ठूलो राहत मिल्ने अपेक्षा गरिएको छ।

मध्यपूर्वको द्वन्द्वका कारण अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढेपछि पाकिस्तान सरकारले हालै ठूलो मूल्यवृद्धि गरेको छ। पेट्रोलको मूल्य प्रति लिटर रु. १३७.२३ ले वृद्धि भई प्रति लिटर रु. ४५८.४१ पुगेको छ भने हाई स्पिड डिजेल (HSD) रु. १८४.४९ ले वृद्धि भएर प्रति लिटर रु. ५२०.३५ पुगेको छ । यो मूल्यवृद्धिले सर्वसाधारणको दैनिक जीवनमा थप दबाब पारेको छ।

पाकिस्तानले पेट्रोलियम उत्पादन मुख्य रूपमा ओमान, संयुक्त अरब इमिरेट्स (UAE), साउदी अरब र कतारबाट आयात गर्दछ। हाल मध्यपूर्वको तनाव र होर्मुज स्ट्रेटको अवरोधका कारण आपूर्ति प्रभावित भएको छ। सरकारले वैकल्पिक मार्गबाट आयात बढाउने प्रयास गरिरहेको छ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

सम्पत्ति व्यवस्थापन कम्पनीले बैंकिङ क्षेत्रको सबै समस्या समाधान गर्दैन: सीइओ ज्ञवाली

नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज ज्ञवालीले एसेट्स...

वन्डर्स इनर्जीको साधारणसभा सम्पन्न

वन्डर्स इनर्जी प्रालिको साधारणसभा सम्पन्न भएको छ । आज...

मौद्रिक नीति असफल भयो भन्न मिल्दैन  : कार्यकारी निर्देशक सापकोटा 

राष्ट्र बैंकका कार्यकारी निर्देशक मुक्तिनाथ सापकोटाले वितीय क्षेत्रको स्थायित्व...

ऋण असुलीबाट तुलसी सहकारीका १५८ बचतकर्ताले पाए रकम

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले तुलसी सहकारीका साना बचतकर्ताको बचत...

बजेटलाई सघाउने गरि मौद्रिक नीति ल्याउँदैछौं : कार्यकारी निर्देशक पौडेल

नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक एवम् प्रवक्ता गुरुप्रसाद पौडेलले...

आज कुन तरकारी र फलफूलको मूल्य कति छ ?

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आइतबारका लागि...
spot_img