वि.सं. २०५७ चैत २१ गते स्थापना भएको कुमारी बैंकले २५ वर्ष पुरा गरेको छ। त्यस समय १५ औं वाणिज्य बैंकको रुपमा स्थापना भएको कुमारी बैंकले आज विभिन्न कार्यक्रम गरि २५ औं वार्षिकोत्सव मनाएको छ ।
२५ वर्षको अवधिमा बैंकले १७ वटा आर्थिक वर्षमा लाभांश दिएको छ। बैंकले आर्थिक वर्ष २०६२/६३ मा पहिलो लाभांश दिएको थियो। त्यस वर्ष बैंकले २१.०५२६ प्रतिशत बोनस शेयर दिएको थियो। त्यसपछि बैंकले २०६३/६४ मा २० प्रतिशत बोनस शेयर दियो भने आर्थिक वर्ष २०६४/६५ र २०६५/६६ मा समान १०/१० प्रतिशत बोनस शेयर दियो।
आर्थिक वर्ष २०६६/६७ मा भने बैंकले १२ प्रतिशत नगद लाभांश दियो। त्यस्तै आर्थिक वर्ष २०६७/६८ मा ८ प्रतिशत बोनस शेयर दिँदा २०६८/६९ मा ७ प्रतिशत नगद लाभांश दियो।
बैंकले आर्थिक वर्ष २०६९/७० मा १४ प्रतिशत, २०७०/७१ मा ३३ प्रतिशत, २०७१/७२ मा ११ प्रतिशत, २०७२/७३ मा २१ प्रतिशत तथा २०७३/७४ मा १२.७५ प्रतिशत बोनस शेयर दिएको थियो। बैंकले आर्थिक वर्ष २०७४/७५ मा ८.५ प्रतिशत, २०७५/७६ मा १० प्रतिशत, २०७६/७७ मा १०.८५ प्रतिशत तथा २०७७/७८ मा ६ प्रतिशत बोनस शेयर दिएको थियो। बैंकले २०७८/७९ मा १२ प्रतिशत नगद लाभांश दिएको थियो। बैंकले त्यसपछि भने लाभांश दिन सकेको छैन ।
बैंकको यस अवधिमा दुई पटक हकप्रद शेयर पनि निष्काशन गरेको छ। बैंकले २०७३ चैत्र मा २:१ को अनुपातमा ५० प्रतिशत हकप्रद शेयर र २०७५ वैशाखमा १०:२ को अनुपातमा २० प्रतिशत हकप्रद निष्काशन गरेको थियो। २०७९ सालमा कुमारी बैंक र एनसीसी बैंक मर्ज भएर २०७९ पुस ७ गतेदेखि एकिकृत कारोबार गरेका थिए।
२०५७ सालमा ३५ करोड चुक्ता पुँजीबाट सुरु भएको यस बैंकको हालको चुक्ता पुँजी २६ अर्ब २२ करोड पुगेको छ।












