Sunday, June 28, 2026
spot_img

प्रहरी अस्पतालकी चिकित्सक डा. प्रधानविरुद्द अख्तियारमा उजुरी, फर्जी प्रमाणपत्रको आरोप

spot_img
spot_img

नेपाल प्रहरी अस्पतालकी चिकित्सक प्रहरी वरिष्ठ उपरीक्षक डा. दीपा न्हूच्छे प्रधानविरुद्द अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । शंकास्पद र अनुचित कागजपत्र पेश गरी अनियमित कार्य गरेको भन्दै उनीविरुद्द उजुरी परेको हो ।

उनी एमडी रेडियोडाइग्नोसिस अध्ययन गर्नका लागि २०६६ भदौमा चीन गएको तर, चीनमा डिप्लोमा इन आर्मी मेडिशिन (मेडिकल इमेजिन) अध्ययन गरेर फर्किएको कागजात पेश गरेको भन्दै अख्तियारमा उजुरी परेको हो । उजुरीकर्ताले डा. प्रधानले चीनबाट अध्ययन गरेर आएपछि उक्त योग्यताको सर्टिफिकेटको समेत त्रिभुवन विश्वविद्यालयबाट समकक्षता नगराएको दाबी गरेका छन्।

साथै, डा. दीपा न्हुच्छे प्रधानले पेश गरेका कागजातबाटै उनले हालसम्म पनि एमडी कोर्स पूरा नगरेको देखिने तर, सरकारी निकायलाई झुक्याएर नेपाल प्रहरी अस्पतालको रेडियोलोजी विभाग प्रमुखका रुपमा काम गरिररहेको दाबी उजुरीकर्ताले गरेका छन् ।

‘निज डा. दीपा न्हुच्छे प्रधान स्वयम्ले पेश गर्नु भएको कागजात अनुसार निजले हालसम्म पनि एमडी कोर्स पूरा गर्नु भएको भन्ने यकिन तथ्य देखा नपरेको र नेपाल प्रहरी हस्पिटलको रेडियोलोजी विभाग प्रमुखका रुपमा सेवा गर्नका लागि अनिवार्य रुपमा एमडी कोर्स पूरा भएको हुनुपर्ने भन्ने व्यवस्था विपरित निजले आफ्नो शैक्षिक योग्यता पूरा नगरी सरकारी निकायलाई भ्रममा पार्ने, कानुनविपरित कार्य गर्ने तथा नागरिकको स्वास्थ्यमाथि गम्भीर खेलवडा गरेको र निजले बिरामीको स्वास्थ्य रिपोर्टहरुमा समेत गलत रिपोर्ट निर्माण गरेको आशंका प्रबल रहेको हुनाले आवश्यक छानबिन गरी कानून बमोजिम कारबाही गरि पाउँ’ उजुरीमा भनिएको छ ।

डा. प्रधान इन्स्पेक्टर हुँदा एमडी अध्ययनका लागि भन्दै २ वर्षका लागि चीन गएकी थिइन् । उनी २०६२ असारमा प्रहरी सेवामा प्रवेश गरेकी हुन् । उजुरीकर्ता स्रोतका अुनसार उनले नेपाल मेडिकल काउन्सिलमा एमबीबीएसको रजिष्ट्रेशन समेत २०१२ मार्चमा मात्रै गराएको र जबकी, सन् २००९ मै एमडी अध्ययनका लागि भनेर चीन गएकी थिइन्। तर, २०२४ मा मेडिकल काउन्सिलबाट लिएको सर्टिफिकेटको ढाँचासमेत नमिलेको र उनले २०२४ मा डिप्लोमा स्पेसलिस्टको रुपमा दर्ता गरि प्रमाणपत्र लिएको उजुरीकर्ताको दाबी छ ।

के भन्छिन् डा. प्रधान ?
यस विषयमा डा. दीपा न्हूच्छे प्रधानले भने उजुरी परेको विषयमा आफूले बुझ्ने बताएकी छिन् । कुन मितिमा, के को विषयमा उजुरी परेको हो भनेर आफूले बुझ्ने बताउँदै उनले मिडियामा अहिले नै यस सम्बन्धमा कुनैपनि धारणा सार्वजनिक नगर्ने उनको भनाइ छ ।

‘हामीले मिडियामा बोल्न मिल्दैन’ उनले भनिन्, ‘के रहेछ भनेर म बुझौला ।’

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

सम्पत्ति व्यवस्थापन कम्पनीले बैंकिङ क्षेत्रको सबै समस्या समाधान गर्दैन: सीइओ ज्ञवाली

नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज ज्ञवालीले एसेट्स...

वन्डर्स इनर्जीको साधारणसभा सम्पन्न

वन्डर्स इनर्जी प्रालिको साधारणसभा सम्पन्न भएको छ । आज...

मौद्रिक नीति असफल भयो भन्न मिल्दैन  : कार्यकारी निर्देशक सापकोटा 

राष्ट्र बैंकका कार्यकारी निर्देशक मुक्तिनाथ सापकोटाले वितीय क्षेत्रको स्थायित्व...

ऋण असुलीबाट तुलसी सहकारीका १५८ बचतकर्ताले पाए रकम

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले तुलसी सहकारीका साना बचतकर्ताको बचत...

बजेटलाई सघाउने गरि मौद्रिक नीति ल्याउँदैछौं : कार्यकारी निर्देशक पौडेल

नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक एवम् प्रवक्ता गुरुप्रसाद पौडेलले...

आज कुन तरकारी र फलफूलको मूल्य कति छ ?

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आइतबारका लागि...
spot_img