Wednesday, May 6, 2026
spot_img
spot_img

बढ्दै सार्वजनिक सवारीको भाडा, अब काठमाडौँमा गाडी चढ्नासाथ कति तिर्नुपर्छ ?

spot_img
spot_img

आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएसँगै सार्वजनिक सवारी साधनको भाडा पनि बढ्ने भएको छ । निगमले चैत महिनायता मात्रै २ पटक इन्धनको मूल्य बढाएपछि अब सार्वजनिक यातायातको भाडादर पनि समायोजन हुने भएको हो ।

यसअघि चैत १ गते पेट्रोल र डिजेलमा प्रतिलिटर क्रमशः १५ र १० रुपैयाँ मूल्य बढ्नासाथ व्यवसायीहरुले गाडी भाडा बढाउन दबाब दिएका थिए । अहिले पुनः प्रतिलिटर १५ रुपैयाँले मूल्य बढेको छ । यसअघि बढेको मूल्यका आधारमा यातायात व्यवस्था विभागले सार्वजनिक सवारी साधनको भाडा बढाउन सरकारलाई सिफारिस गरिसकेको छ ।

वैज्ञानिक भाडादर समायोजन विधिका अनुसार भाडा वृद्धि गर्न विभागले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा प्रस्ताव पठाएको हो । विभागले चैत ५ गते नै भाडा समायोजनको प्रस्ताव मन्त्रालयमा पठाएको हो । तर, मन्त्रालयले स्वीकृति दिएको छैन । जसका कारण चैत ११ गते यातायात व्यवसायी राष्ट्रिय महासंघले सरकारले (मन्त्रालयले) तत्काल भाडादर स्वीकृत नगरे विभागले गरेको प्रस्ताव बमोजिमको भाडादर अशुल्न थाल्ने चेतावनी दिएको छ ।

अहिले फेरी इन्धनको मूल्य बढेकाले अब कम्तीमा यातायात व्यवस्था विभागको सिफारिस अनुसारको भाडादर चाँडै लागू हुने देखिएको छ । यातायात व्यवसायी राष्ट्रिय महासंघका कार्यबाहक अध्यक्ष सरोज सिटौलाले तत्काल भाडादर समायोजन हुनुपर्ने बताउँदै यदि भाडादर नबढाए गाडी नै नचलाउने सम्मको चेतावनी दिएका छन् ।

इन्धनको मूल्य तलमाथि हुँदा ५ प्रतिशतभन्दा बढीको फरक पर्नासाथ भाडादर समायोजन गर्ने नीतिगत व्यवस्था स्मरण गराउँदै उनले इन्धनको मूल्य बढेका कारण व्वसायीहरुले दैनिक ठूलो घाटा ब्यहोरिरहेको बताए ।

कति बढ्दैछ भाडा ?

विभागले मन्त्रालयमा गरेको सिफारिसअनुसार लामो दूरीका सार्वजनिक यातायातमा ११.३३ प्रतिशत भाडा बढाउन सुझाइएको छ । मालवाहकमा ८.५९ प्रतिशत र पहाडी क्षेत्रमा सञ्चालन हुने मालबाहक सवारीमा १४.१९ प्रतिशतसम्म भाडा बढाउन विभागले मन्त्रालयमा प्रस्ताव पठाएको छ ।

सिफारिस अनुसारको भाडादर लागू भएमा अब काठमाडौँ उपत्यकामा गाडी चढ्नासाथ २२ रुपैयाँ २६ पैसा भाडा लाग्नेछ । अहिले काठमाडौँमा गाडी चढ्नासाथ २० रुपैयाँ तिर्नुपर्छ ।

यसैगरी, अब ट्याक्सीको पनि भाडा बढ्ने छ । यद्यपी, ट्याक्सीको मिटर समायोजन नभएको पनि लामो अवधि भइसकेको छ । यसकारण ट्याक्सीको पनि भाडा बढाउनुपर्ने उनीहरुको माग छ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

सिवाईसी नेपाल लघुवित्तका सीईओ डोलिन्द्र शर्माले दिए राजीनामा

सिवाईसी नेपाल लघुवित्तका प्रमुख कार्यकारी अधिकृत डोलिन्द्र प्रसाद शर्माले...

यी हुन् अध्यादेशका कारण अर्थ मन्त्रालय अन्तर्गतका पदमुक्त भएका २९ जना

अर्थ मन्त्रालयले अध्यादेशपछि पदमुक्त भएका अर्थ मन्त्रालय मातहतका निकायका...

आन्तरिक राजश्व विभागको निमित्त महानिर्देशकमा रमेश अर्याल

आन्तरिक राजश्व विभागको निमित्त महानिर्देशकको जिम्मेवारी सह-सचिव रमेश अर्यालले...

शेयर गोल्छालाई थुनामा राख्न अदालतले दिएन अनुमति, आजै रिहा हुने

जिल्ला अदालत काठमाडौँले व्यवसायी शेखर गोल्छालाई अनुसन्धानका लागि हिरासतमा...

दुई नियामकमा नियुक्ति: क्यानमा पारदर्शीता देखिँदा अर्थले लुकायो सेबोन अध्यक्षका आवेदक

सरकारले यतिबेला दुई वटा नियामक निकायको प्रमुख पदमा खुला...

वैशाख २८ गते संसद अधिवेशन बोलाउन राष्ट्रपतिलाई सिफारिस

सरकारले यहि वैशाख २८ गते संघीय संसदको दुवै सदनको...
spot_img