Tuesday, June 30, 2026
spot_img

राष्ट्र बैंक र नाफिजको सहकार्यमा आर्थिक पत्रकारलाई दुई दिने तालिम सुरु

spot_img
spot_img

आर्थिक पत्रकार संघ (नाफिज) र नेपाल राष्ट्र बैंकको सहकार्यमा आर्थिक पत्रकारहरुको लागि दुई दिने अभिमुखीकरण तालिम कार्यक्रम सुरु भएको छ । नाफिजमा आवद्द आर्थिक पत्रकारहरुको लागि वर्तमान आर्थिक तथा बैंकिङ मामिलासम्बन्धि अभिमुखीकरण कार्यक्रम बुधबारदेखि धुलिखेलमा सुरु भएको हो।

कार्यक्रमको उद्घाटन गर्दै नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले हरेक आर्थिक विषयलाई विभिन्न आधारमा छुट्टाएर विश्लेषण गरिनुपर्ने बताए। हरेक विषयले विभिन्न क्षेत्रमा पार्ने प्रभावको छुट्टाछुट्टै विश्लेषण गर्न सक्ने क्षमता आर्थिक पत्रकारमा हुनुपर्ने उनले बताए । यस्ता कार्यक्रमले यस्ता आर्थिक पत्रकारमा विषयवस्तुको विश्लेषण गर्ने क्षमता बढाउन सहयोग पुग्ने उनको भनाइ थियो।

उनले संस्थागत संरचना कमजोर भएकै कारणले नेपाल आर्थिक विकासमा पछाडी परेको पनि बताए । भविष्यको आँकलन गर्ने क्षमता कमजोर भएको र बनेका योजनाको कार्यान्वयन पाटो पनि कमजोर भएकोले समस्या देखिएको उनको भनाइ छ । अब पनि नविन प्रविधि प्रयोग गर्न नसके देश अझै पनि पछाडी नै परिरहने उनले बताएका छन् ।

गर्भनर पौडेलले जनताको मनोबल कमजोर भएको अवस्थामा सरकार नै अघि सरेर प्रतिफल आउने योजनामा खर्च गर्न अघि बढ्नुपर्ने बताए । त्यसको साथै निजी क्षेत्रलाई पनि प्रतिफल आउने योजनामा लगानी गर्नको लागि सरकारले प्रोत्साहन गर्नुपर्ने उल्लेख गर्दै उनले पछिल्लो समय कर्जाको माग नहुँदा बैंकहरुमा तरलता थुप्रीएको र अब सरकारले अग्रसर भएर खर्च गर्नुपर्ने बताए ।

कार्यक्रमको उद्देश्यबारे प्रकाश पार्दै राष्ट्र बैंकका मानव संशाधन विभागका निर्देशक बुद्धराज शर्माले बैंकिङ विश्लेषण सम्बन्धि क्षमता विकास गर्नको लागि कार्यक्रम आयोजना गरिएको जानकारी दिए । आर्थिक पत्रकारहरुको तथ्यांक र बंैकिङ विश्लेषण क्षमता विकास गरेमा बैंक र अर्थतन्त्र सम्बन्धि समाचारहरु आम सर्वसाधारणले बुझ्ने गरी प्रवाह हुने विश्वास व्यक्त गरे। राष्ट्र बैंकले पाठ्यक्रम नै विकास गरेर पत्रकारहरुको क्षमता विकास गर्ने कार्यको थालनी गरेको समेत उनले जानकारी दिएका छन् ।

नाफिजकी अध्यक्ष मेनुका कार्कीले राष्ट्र बैंकको सहकार्यमा नाफिजले हरेक वर्ष आर्थिक पत्रहरुको लागि तालिम कार्यक्रम आयोजना गर्ने गरिएको उल्लेख गरिन् । बिगतका तालिम कार्यक्रममा बैंकिङ क्षेत्रको मात्र पाठ्यक्रम समावेश गर्ने गरिएकोमा यसपाली बृहत अर्थशास्त्र र सुक्ष्म अर्थशास्त्रका विषय पनि समावेश गरिएको बताइन् । यसले आर्थिक पत्रकारलाई आर्थिक बिषयबस्तुमा ज्ञानको दायरा बढाउन सहयोग पुग्ने उनको भनाइ छ ।

अभिमुखीकरण कार्यक्रममा विभिन्न विषय विज्ञहरुबाट अर्थतन्त्र र बैंकिङ सम्बन्धि विषयका सत्रहरु संचालन हुनेछन् । कार्यक्रम बिहीबार सकिनेछ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

चिया निर्यातमा भारतीय अवरोध हट्यो

झण्डै २ महिनादेखि रोकिएको नेपाली चियाको निर्यात पुनः सुरु...

गैर बैंकिङ सम्पत्तिको व्यवस्थापनको लागि एउटा मात्र AMC कम्पनी खुल्ने, तयारी तिब्र

सरकारले समयसीमा नै तोकेर आगामी आर्थिक वर्षको बजेट मै...

तोलामै ४५ सयले घट्यो सुनको भाउ

आज मंगलबार सुनचाँदीको भाउ घटेको छ । सोमबार प्रतितोला...

स्काईवेलको आधिकारिक बिक्रेता रहेन जी मोटर्स, अदालतबाट पनि हार्यो मुद्दा

चिनियाँ विद्युतीय सवारी ब्राण्ड ‘स्काईवेल’ गाडीको उत्पादक कम्पनी विरुद्द...

प्राइम कमर्शियल बैंक ऋणपत्र आजदेखि बिक्रीमा, कति दिन्छ ब्याज ?

प्राइम कमर्शियल बैंकले आज असार १६ गतेदेखि ऋणपत्र बिक्री...

बुट मोडलमा प्रसारणलाइन बनाउन नेपाली र विदेशीसहित १८ कम्पनीबीच प्रतिस्पर्धा

नेपाल विद्युत् प्राधिकरणले पहिलोपटक ट्यारिफ आधारित प्रतिस्पर्धात्मक बोलपत्र प्रणाली...
spot_img