Tuesday, June 30, 2026
spot_img

आज जेष्ठ सांसदको सपथ हुँदै, भोलि सबै सांसदको र पर्सि प्रधानमन्त्रीको सपथ हुने

spot_img
spot_img

प्रतिनिधिसभाका जेष्ठ सदस्यलाई आज राष्ट्रपतिले सपथ गराउने भएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभाका ज्येष्ठ सदस्य रहेका अर्जुन नरसिंह केसीलाई आज बिहान ११:१५ बजे सपथ गराउने भएका हुन् ।

नेपाली कांग्रेसबाट समानुपातिक सांसद बनेका केसी सबै भन्दा पाका उमेरका हुन्। निर्वाचन आयोगको विवरण अनुसार उनी ७८ वर्षका भए । उनी नुवाकोटका हुन् । कांग्रेसको समानुपातिक सूचीतर्फ उनको नाम खस आर्य ‘क्लष्टर’मा पहिलो नम्बरमा समावेश थियो।

राष्ट्रपतिले केसीलाई सपथ खुवाएपछि जेष्ठ सदस्यको हैसियतमा केसीले अन्य सांसदहरुलाई सपथ खुवाउने छन् ।  अन्य सांसदको सपथ भोलि चैत्र १२ गते दिउँसो २ बजेको लागि तोकिएको छ।

चैत्र १२ गते सांसदहरुको सपथ लगत्तै राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय समिति बैठक बोलाएको छ। सो बैठकले पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहलाई संसदीय दलको नेता चयन गर्ने छ। त्यसपछि राष्ट्रपतिले एकल बहुमत प्राप्त पार्टीको संसदीय दलको नेताको रुपमा रहेका बालेन्द्र शाहलाई प्रधानमन्त्री नियुक्त गर्ने छन् ।

बालेंनले चैत्र १३ गते प्रधानमन्त्रीको सपथ लिने तयारी छ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

राराको दृश्यावलोकनका लागि परिचित मुगुको मुर्माटपमा टेलिकमको फोरजी सेवा सुरु

नेपाल टेलिकमले मुगु जिल्लामा अवस्थित प्रसिद्ध पर्यटकीय स्थल रारातालको...

कामना सेवा विकास बैंकले पायो ‘Best Presented Annual Report’ अवार्ड

कामना सेवा विकास बैंक लिमिटेड नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था...

नेपाल प्रवेश गरेको १२ दिनपछि देशैभरि फैलियो मनसुन

आज असार १६ गते यस वर्षको मनसुन प्रणाली देशैभर...

चिया निर्यातमा भारतीय अवरोध हट्यो

झण्डै २ महिनादेखि रोकिएको नेपाली चियाको निर्यात पुनः सुरु...

गैर बैंकिङ सम्पत्तिको व्यवस्थापनको लागि एउटा मात्र AMC कम्पनी खुल्ने, तयारी तिब्र

सरकारले समयसीमा नै तोकेर आगामी आर्थिक वर्षको बजेट मै...

तोलामै ४५ सयले घट्यो सुनको भाउ

आज मंगलबार सुनचाँदीको भाउ घटेको छ । सोमबार प्रतितोला...
spot_img