Tuesday, June 30, 2026
spot_img

अमेरिकी अल्टिमेटम पछि ‘स्ट्रेट अफ होर्मुज’ पूर्णरुपमा बन्द गर्ने इरानको चेतावनी

spot_img
spot_img

अमेरिकाले आक्रमणको चेतावनी दिएपछि इरानले तेल ढुवानीको मुख्य मार्ग ‘स्ट्रेट अफ होर्मुज’ पूर्णरुपमा बन्द गर्ने चेतावनी दिएको छ । इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्सले अमेरिकाले इरानको ऊर्जा स्थलहरुमा आक्रमण गरे होर्मुज नाका पूर्ण रूपमा बन्द हुने चेतावनी दिएको हो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले होर्मुज नाका नखोले सबै पावर प्लान्टहरू ध्वस्त पार्ने भन्दै ४८ घण्टाको अल्टिमेटम दिएका थिए ।

इरानी विदेशमन्त्री अब्बास अराघचीले स्ट्रेट अफ होर्मुज अहिलेसम्म बन्द नभएको तर, अमेरिका र इजरायलको कारण जहाजहरू यस बाटोबाट जान डराउने गरेको बताएका छन् ।

स्ट्रेट अफ होर्मुज फारसी खाडीलाई ओमानको खाडी र अरब सागरसँग जोड्ने एक मात्र समुद्री मार्ग हो । विश्वको २० प्रतिशत तेल र आपूर्ति यहीबाट हुने गर्दछ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

राराको दृश्यावलोकनका लागि परिचित मुगुको मुर्माटपमा टेलिकमको फोरजी सेवा सुरु

नेपाल टेलिकमले मुगु जिल्लामा अवस्थित प्रसिद्ध पर्यटकीय स्थल रारातालको...

कामना सेवा विकास बैंकले पायो ‘Best Presented Annual Report’ अवार्ड

कामना सेवा विकास बैंक लिमिटेड नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था...

नेपाल प्रवेश गरेको १२ दिनपछि देशैभरि फैलियो मनसुन

आज असार १६ गते यस वर्षको मनसुन प्रणाली देशैभर...

चिया निर्यातमा भारतीय अवरोध हट्यो

झण्डै २ महिनादेखि रोकिएको नेपाली चियाको निर्यात पुनः सुरु...

गैर बैंकिङ सम्पत्तिको व्यवस्थापनको लागि एउटा मात्र AMC कम्पनी खुल्ने, तयारी तिब्र

सरकारले समयसीमा नै तोकेर आगामी आर्थिक वर्षको बजेट मै...

तोलामै ४५ सयले घट्यो सुनको भाउ

आज मंगलबार सुनचाँदीको भाउ घटेको छ । सोमबार प्रतितोला...
spot_img