नारायणघाट–बुटवल सडक खण्डमा ३ रात मालवाहक सवारी चलाउन रोक लगाइएको छ ।
आयोजनाको पश्चिम खण्ड कार्यालयले सूचना जारी गर्दै शुक्रबारदेखि आइतबारसम्म बेलुका ७ देखि बिहान ५ बजेसम्म दुम्कीबास–दाउन्ने–बर्दघाट खण्डमा मालवाहक सवारी चलाउन रोक लगाएको हो ।
वर्षाका कारण सडक चिप्लो भई सवारी साधन चिप्लिने र अड्किने समस्या देखिएको आयोजनाले जनाएको छ ।












