अमेरिका–इजरायल र इरान बीचको युद्ध लम्बिँदा कुवेतको प्रमुख तेल प्रशोधन केन्द्र ‘मिना अल–अहमदी’मा आज शुक्रबार बिहान भीषण ड्रोन आक्रमण भएको छ ।
कुवेत पेट्रोलियम कर्पोरेसनका अनुसार इरानी ड्रोन आक्रमणका कारण रिफाइनरीका केही एकाइहरूमा आगलागी भएको छ । आक्रमण लगत्तै सुरक्षाका कारण रिफाइनरीका केही महत्त्वपूर्ण प्लान्टहरू बन्द गरिएको छ । कुवेती समाचार संस्था ‘कुना’ का अनुसार हालसम्म यस घटनामा कुनै मानवीय क्षतिको विवरण प्राप्त भएको छैन
यसअघि पनि कुवेती तेल पूर्वाधारमा ठूलो प्रहार भएको थियो ।
कुवेतका साथै बहराइन, संयुक्त अरब इमिरेट्स र साउदी अरबमा पनि इरानले आज नै मिसाइल र ड्रोन प्रहार गरेको छ ।












