चीनले कृषि मलको निर्यात कटौती गरेको छ । रोयटर्स समाचार एजेन्सीका अनुसार आफ्नो आन्तरिक माग सुरक्षित गर्न चीनले मलको निर्यात रोकेको समाचार एजेन्सी रोयटर्सले उल्लेख गरेको छ ।
नाइट्रोजन–पोटासियम मलको मिश्रण र फस्फेटका केही उत्पादनहरुको निर्यातमा रोक लगाइएको बताइएको छ । गत वर्षको तुलनामा चीनले करिब ४ करोड मेट्रिक टन मलको निकासी रोकेको हो । युरियाको निर्यातमा अहिले पनि प्रतिबन्ध नै छ । अब चीनबाट अमोनियम सल्फेट मात्र निर्यात हुने बताइएको छ ।
चीनले मलको निर्यात कटौती गरेसँगै इजरायल र इरान युद्धका कारण अभाव झेलिरहेका विश्वभरीका देशहरुमा झन अभाव चर्किने भएको छ ।
चीन विश्वको सबैभन्दा ठूला मल निर्यातक हो ।












