Thursday, July 2, 2026
spot_img

नयाँ निर्वाचित सांसदहरुको सपथ बिहीबार दिउँसो २ बजे, १२ बजे भित्र उपस्थिति हुनु पर्ने

spot_img
spot_img

गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनबाट निर्वाचित सांसदहरुको सपथ चैत्र १२ गते बिहीबार २ बजे हुने भएको छ । संघीय संसद सचिवालयले आज सार्वजनिक सूचना जारी गर्दै बिहीबार दिउँसो २ बजे निर्माणाधीन संघीय संसद भवनको बहुउदेश्यीय सभाकक्षमा सपथ हुने जानकारी दिएको हो ।

सचिवालयले सपथ हुनुभन्दा २ घण्टा अगावै औपचारिक पोशाक वा आफ्नो सांस्कृतिक पोशाकमा उपस्थित हुन सांसदहरुलाई आग्रह गरेको छ।  मातृभाषामा सपथ लिन चाहने सांसदहरुले सपथको व्यहोरा आफैले अनुवाद गरि सपथ हुनु भन्दा २ दिन अगाडी नै संसद सचिवालयलाई बुझाउनु पर्ने छ। त्यस्तै सबै सांसदहरु निर्वाचन आयोगले दिएको प्रमाणपत्र, नागरिकताको प्रतिलिपि र दुई प्रति पासपोर्ट साइजको फोटो सहित उपस्थित हुनु पर्ने छ।

सांसदहरुलाई जेष्ठ सदस्य अर्जुन नरसिंह केसीले सपथ गराउने छन् । त्यस अघि उनी आफैले राष्ट्रपतिबाट सपथ लिने छन् । सांसदहरुले १२ गते सपथ लिएपछि चैत्र १३ गते प्रधानमन्त्रीको सपथ गराउने तयारी छ।

हेर्नुस् सूचना 

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

सन नेपाल लाइफलाई “Certificate of Merit” अवार्ड

सन नेपाल लाइफ इन्स्योरेन्सले नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान)...

ग्लोबल आइएमईको ‘ग्लोबल स्मार्ट प्लस’ एपबाटै खाता ब्लक गर्ने सुविधा

ग्लोबल आइएमई बैंकले डिजिटल बैंकिङ ठगी (फिसिङ र स्क्याम)...

वित्तीय सेवाबाट कति सन्तुष्ट छन् ग्राहक ?, सर्भे गर्दै राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकले वित्तीय ग्राहक सन्तुष्टि सर्वेक्षण, २०८३ (...

क्रिप्टोकरेन्सी कारोबारबाट डोनाल्ड ट्रम्पले कमाए १ अर्ब डलर

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२५ मा क्रिप्टोकरन्सीसम्बन्धी व्यवसायबाट...

बजेट नल्याउने २३ वटा स्थानीय तहलाई मन्त्रालयले सोध्यो स्पष्टीकरण

भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले...

पूर्वमा थपिँदै लक्जरी होटेल ब्राण्ड ‘होलिडे इन’, नेपालकै ठूलो क्यासिनोदेखि भव्य बैंक्वेटसम्म

झापा, विराटनगर, इटहरी लगायतका शहरहरु मुलुककै अर्थतन्त्रका लागि प्रमुख...
spot_img