राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहले चैत्र १३ गते प्रधानमन्त्रीको सपथ लिने भएका छन् । नयाँ सरकार गठन र संचालनबारे राष्ट्रिय स्वतन्त्र पार्टीका शिर्ष नेताबीच आज भएको छलफलपछि बालेनले चैत्र १३ गते सपथ लिने तय भएको हो।
आज बिहीबार साँझ भएको छलफलमा पार्टी सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन्द्र शाह, र उपसभापतिद्वय डा. स्वर्णिम वाग्ले र डिपी अर्याल सहभागी थिए।
संसद सचिवालयले चैत्र १२ गते नव निर्वाचित सांसदहरुको सपथ ग्रहणको कार्यक्रम राखेको छ । त्यसपछि रास्वपाले सोहि दिन बालेनलाई संसदीय दलको नेताको रुपमा चयन गरेर राष्ट्रपति कार्यालयमा जानकारी दिने छन् ।
त्यस पछि राष्ट्रपतिले बहुमत प्राप्त दलको संसदीय दलको नेताको रुपमा बालेनलाई प्रधानमन्त्री नियुक्त गर्ने छन्। प्रधानमन्त्री नियुक्तिपछि चैत्र १३ गते सपथ लिने गरि तयारी गर्ने निर्णय रास्वपाका शिर्ष नेताले गरेका हुन् ।












