Wednesday, July 1, 2026
spot_img

महासंघको साधारणसभा चैत २९ गते गर्ने निर्णय, सबै प्रदेशको निर्वाचन चैत २१ मा

spot_img
spot_img

नेपाल उद्योग वाणिज्य महासंघको साधारणसभा एक दिन धकेलिएको छ । आज बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले चैत २९ गते साधारणसभा गर्ने निर्णय गरेको हो । उद्योग वाणिज्य दिवसको अवसर पारेर हरेक वर्ष चैत २८ गते साधारणसभा हुदै आएकोमा यस वर्ष एक दिन परे सरेको हो ।

यस वर्षको साधारणसभा चुनावी साधारणसभासमेत रहेकाले अब चैत ३० गते निर्वाचन हुनेछ । विगतका वर्षहरुमा चैत २८ गते साधारणसभाको उद्घाटन हुन्थ्यो भने चैत २९ गते निर्वाचन हुने गरेको थियो ।

‘फागुन २१ मा भएको प्रतिनिधिसभा निर्वाचनको आचारसंहिताका कारण प्रदेश महासंघहरुको अधिवेशन हुन नसक्दा मिति मिलाउनका लागि एक दिन ढिला गरी साधारणसभा आयोजना गर्ने निर्णय भएको छ’ महासंघको एक जना केन्द्रीय सदस्यले बिजनेशपानालाई जानकारी दिए ।

उनका अनुसार अब प्रदेश महासंघको साधारणसभा र निर्वाचन चैत २१ गते आयोजना हुनेछ । सबै प्रदेशमा एकैदिन निर्वाचन हुने ति सदस्यले जानकारी दिए ।

‘कतिपय प्रदेशले यसअघि नै साधारणसभा र निर्वाचनको प्रक्रिया सुरु गरिसकेका थिए’ उनले थपे, ‘तर, निर्वाचनको आचारसंहिताका कारण स्थगित गर्नु परेको थियो । अब चैत २१ गते एकैदिन सबै प्रदेशमा साधारणसभा र निर्वाचन हुन्छ ।’

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

राराको दृश्यावलोकनका लागि परिचित मुगुको मुर्माटपमा टेलिकमको फोरजी सेवा सुरु

नेपाल टेलिकमले मुगु जिल्लामा अवस्थित प्रसिद्ध पर्यटकीय स्थल रारातालको...

कामना सेवा विकास बैंकले पायो ‘Best Presented Annual Report’ अवार्ड

कामना सेवा विकास बैंक लिमिटेड नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था...

नेपाल प्रवेश गरेको १२ दिनपछि देशैभरि फैलियो मनसुन

आज असार १६ गते यस वर्षको मनसुन प्रणाली देशैभर...

चिया निर्यातमा भारतीय अवरोध हट्यो

झण्डै २ महिनादेखि रोकिएको नेपाली चियाको निर्यात पुनः सुरु...

गैर बैंकिङ सम्पत्तिको व्यवस्थापनको लागि एउटा मात्र AMC कम्पनी खुल्ने, तयारी तिब्र

सरकारले समयसीमा नै तोकेर आगामी आर्थिक वर्षको बजेट मै...

तोलामै ४५ सयले घट्यो सुनको भाउ

आज मंगलबार सुनचाँदीको भाउ घटेको छ । सोमबार प्रतितोला...
spot_img