Friday, March 20, 2026
spot_img

फोहोर सङ्कलक महिला समुदायका लागि सुरक्षित र सहयोगी ‘सम्मान घर’ को शुभारम्भ

spot_img
spot_img

वर्ल्ड रिसाइक्लिङ डे को अवसर पारेर खालिसिसीले कोका-कोला बेभरेजेज नेपालसँगको सहकार्यमा फोहोर सङ्कलक महिलाका बालबालिकाका लागि सुरक्षित स्थान ‘सम्मान घर’ को उद्घाटन गरेको छ । यो सुविधा खालिसिसीको ‘WOW सेन्टर’ (Well-Being Out of Waste) भित्र स्थापना गरिएको हो ।

यो रिसाइक्लिङ तथा सामुदायिक नवप्रवर्तन केन्द्र हो, जसलाई कोका-कोला बेभरेजेज नेपालले सहयोग गर्दै आएको छ । यस केन्द्रले रिसाइक्लिङ प्रणाली सुदृढ बनाउनुका साथै त्यसमा योगदान गर्ने व्यक्तिहरूको जीवनस्तर उकास्ने काममा केन्द्रित छ ।

‘सम्मान घर’ नेपालका रिसाइक्लिङ प्रणालीमा फोहोर सङ्कलक महिलाले निर्वाह गर्दै आएको महत्वपूर्ण तर प्रायः अदृश्य भूमिकालाई सम्मान गर्न स्थापना गरिएको हो । यी महिलाहरूले मूल्यवान सामग्री सङ्कलन गरी सहर सफा राख्न योगदान दिए पनि उनीहरूले दैनिक रूपमा काम र बालबालिकाको हेरचाह सन्तुलन गर्न चुनौती भोगिरहेका हुन्छन् ।

नयाँ उद्घाटन गरिएको यस स्थानले बालबालिकालाई सुरक्षित र स्याहारपूर्ण वातावरण प्रदान गर्दछ, जहाँ उनीहरूले खेल्न, सिक्न र समय बिताउन सक्छन् । यसले आमाहरूलाई काम गर्दा मानसिक शान्ति र सम्मानको अनुभूति दिलाउने लक्ष्य राखेको छ ।

उद्घाटन कार्यक्रममा खालिसिसीका प्रमुख कार्यकारी अधिकृत अमुन थापाले भने, “फोहोर सङ्कलकहरू नेपालका रिसाइक्लिङ प्रणालीका मेरुदण्ड हुन्, तर उनीहरूको योगदान प्रायः ओझेलमा पर्छ । ‘सम्मान घर’ उनीहरूको भूमिकालाई मान्यता दिने सानो तर अर्थपूर्ण प्रयास हो । साथै, उनीहरूका बालबालिकालाई सुरक्षित रूपमा सिक्ने र हुर्किने स्थान उपलब्ध गराउने हाम्रो लक्ष्य हो । खालिसिसीमा हामी विश्वास गछौं कि चक्रिय अर्थतन्त्र निर्माण गर्नु भनेको त्यसलाई चलायमान बनाउने मानिसहरूको सम्मान र सहयोग सुनिश्चित गर्नु पनि हो ।”

देशभरका साझेदारहरूसँग मिलेर रिसाइक्लिङ प्रणाली सुदृढ बनाउन काम गर्दै आएको कोका-कोला बेभरेजेज नेपालले WOW सेन्टरको विकासमा सहयोग पुयाएको छ र वातावरणीय सुधार तथा समुदायको समग्र हितका लागि विभिन्न पहलहरूमा सहकार्य गरिरहेको छ ।

कोका-कोला बेभरेजेज नेपालकी कम्युनिटी एण्ड सस्टेनेबिलिटी म्यानेजर स्नेहा श्रेष्ठले भनिन्, “हाम्रो विश्वास छ कि प्रभावकारी रिसाइक्लिङ प्रणाली केवल पूर्वाधारमा मात्र होइन, त्यसलाई सम्भव बनाउने मानिसहरूको कल्याणमा पनि आधारित हुन्छ । ‘सम्मान घर’ले साझा र राम्रो भविष्य निर्माण गर्ने हाम्रो प्रतिबद्धता झल्काउँछ । यसले वातावरणीय प्रगति अघि बढाउनुका साथै समुदायलाई सशक्त बनाउने काम गर्छ । खालिसिसीसँगको सहकार्यमार्फत फोहोर सङ्कलक महिलाको अमूल्य योगदानलाई सम्मान गर्दै उनीहरूको परिवारका लागि सुरक्षित र स्याहारपूर्ण वातावरण सिर्जना गर्न पाउँदा हामी गौरवान्वित भएका छौं । समावेशी र दिगो समुदाय निर्माणमा हामी निरन्तर प्रतिबद्ध रहनेछौं ।”

आगामी दिनमा खालिसिसीले ‘सम्मान घर’ को अवधारणालाई विस्तार गरी फोहोर सङ्कलक परिवारहरूलाई थप सहयोग पुयाउने योजना बनाएको छ । यस अन्तर्गत स्वास्थ्य सहयोग, बालबालिकाका लागि शैक्षिक अवसर तथा समुदाय केन्द्रित कार्यक्रमहरू सञ्चालन गर्ने सम्भावना बारे अध्ययन भइरहेको खालीसिसिले जनाएको छ।

यो उद्घाटनले सामाजिक उद्यम र निजी क्षेत्रबीचको सहकार्यले वातावरणीय मात्र होइन, सामाजिक रूपमा पनि समावेशी रिसाइक्लिङ प्रणाली निर्माण गर्न सकिने सन्देश दिएको छ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

बालेनले १३ गते प्रधानमन्त्रीको रुपमा शपथ लिने

राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहले चैत्र १३...

सरकार गठनबारे राष्ट्रिय स्वतन्त्र पार्टीका शिर्ष नेताबीच छलफल

नयाँ सरकार गठन र संचालनबारे राष्ट्रिय स्वतन्त्र पार्टीका शिर्ष...

अर्थमन्त्रीको रुपमा ८२८ वटा निर्णय गरेर विदा भए रामेश्वर खनाल, अब कुनै निर्णय नगर्ने

अर्थमन्त्री रामेश्वर खनालले अब मन्त्रीको हैसियतमा कुनै पनि निर्णय...

Yadea को अफर: ३९९९ देखि ईएमआई सुविधा, एक्सचेन्जमा १५ हजारसम्म बोनस

नेपालमा Yadea को आधिकारिक वितरक Kuzu Nepal Pvt. Ltd., ले...

राष्ट्रपतिलाई बुझाईयो निर्वाचन परिणाम, नयाँ सांसदको सपथ १२ गते

गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२...

महासंघको साधारणसभा चैत २९ गते गर्ने निर्णय, सबै प्रदेशको निर्वाचन चैत २१ मा

नेपाल उद्योग वाणिज्य महासंघको साधारणसभा एक दिन धकेलिएको छ...
spot_img