नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले महांसघको आगामी नेतृत्व सर्वसम्मत चयन गरेर जानु पर्न बताएका छन् । काठमाडौँमा आयोजित ‘परिवर्तित जनादेशको परिप्रेक्षमा अर्थतन्त्रको दिशानिर्देश’सम्बन्धि छलफल कार्यक्रममा अध्यक्ष ढकालले सर्वसम्मत नेतृत्व चयनमा जोड दिएका हुन् ।
उनले निजी क्षेत्रको सबैभन्दा ठूलो छाता संगठनले सर्वसम्मत रुपमा नेतृत्व चयन गरेमा त्यसले सकारात्मक र सम्पूर्ण निजी क्षेत्र एक रहेको संदेश जाने भन्दै कम्तिमा पनि पदाधिकारीहरु भए पनि सर्वसम्मत चयन हुनु पर्ने धारणा व्यक्त गरे। महासंघमा एकताको संदेश दिँदा नयाँ बन्ने सरकारसंग आफ्ना कुरा राख्दा पनि बल पुग्ने उनको भनाई थियो ।
सो कार्यक्रममा महासंघका पूर्व अध्यक्ष्, पूर्व पदाधिकारी, अहिलेका पदाधिकारी र भावी पदाधिकारीका दाबेदार पनि उपस्थित थिए।
उनले निजी क्षेत्रले खोजेको स्थिर सरकार अब आउँन लागेकोले निजी क्षेत्रका आशा र अपेक्षा पुरा हुने विश्वास व्यक्त गरे। स्थिर र एकल सरकार बन्ने भएकोले निजी क्षेत्रले उठाउदै आएका कानूनी सुधारका विषयहरु छिटो सम्बोधन हुने अपेक्षा व्यक्त गरे। उनले कुनै पनि अवस्थामा व्यवसाय बन्द गर्न नसकिने भन्दै व्यवसाय निरन्तरताको सुनिश्चितता हुने पर्ने उनले उल्लेख गरे।
नयाँ सरकार गठन संगै अब निजी क्षेत्र र आम नागरिकले चाहेका आकाक्षा पुरा हुने विश्वास पनि अध्यक्ष ढकालले व्यक्त गरे ।












