सरकारले जेन्जी प्रदर्शनको घटनाको जाँचबुझ गर्न गठित जाँचबुझ आयोगले पेस गरेको प्रतिवेदन ग्रहण गरेको छ । आज बसेको मन्त्रिपरिषद बैठकले विसं २०८२ भदौ २३ र २४ गतेको प्रदर्शनका क्रममा भएका घटनाको जाँचबुझ गर्न गठित जाँचबुझ आयोगले पेस गरेको प्रतिवेदन अध्ययन गर्नेगरी मन्त्रिपरिषद् बैठकले ग्रहण गर्ने निर्णय गरेको गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए ।
मन्त्री अर्यालका अनुसार प्रतिवेदनबारे सरकारले विस्तृतमा सोमबार जानकारी दिने छ । उक्त प्रतिवेदन सार्वजनिक गर्नु पर्ने माग जनस्तरबाट उठिरहेको छ।
सरकारले पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा जाँचबुझ आयोग गठन गरेको थियो ।












