राष्ट्रिय सभा सदस्यमा गृहमन्त्री ओमप्रकाश अर्याल सिफारिस भएका छन्। आज आइतबार बसेको मन्त्रिपरिषदको बैठकले राष्ट्रिय सभा सदस्यमा गृहमन्त्री ओमप्रकाश अर्याललाई नियुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो।
अब राष्ट्रपतिले नियुक्त गरेपछि अर्याल राष्ट्रिय सभा सदस्य हुने छन्। हाल राष्ट्रिय सभामा राष्ट्रपतिबाट मनोनीत हुने एक सदस्यको संख्या रिक्त छ।












