Friday, April 10, 2026
spot_img
spot_img

फेक ‘रेस्क्यु’मा संलग्न थप एक जना पक्राउ

spot_img
spot_img
 नेपाल प्रहरीले फेक ‘रेस्क्यु’मा संलग्न थप एक जनालाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले सिन्धुपाल्चोक सोलु दूधकुण्ड नगरपालिका–१ का ५० वर्षीय पासाङ शेर्पालाई बुधबार पक्राउ गरेको हो ।
उनले नेपालको उच्च हिमाली क्षेत्रमा पदयात्राका क्रममा स्वास्थ्य समस्यामा परेका विदेशी पर्यटकको उद्धार गरेको देखाई बिमा रकम दाबी गरी ठगी गर्ने गरेको खुलेको प्रहरीले जनाएको छ । ब्युरोका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) शिवकुमार श्रेष्ठले पदयात्राका क्रममा स्वास्थ्य समस्यामा परेका विदेशी पर्यटकको उद्धार गरेको देखाइ बिमा रकम दाबी गरेको आरोपमा शेर्पालाई पक्राउ गरेको जानकारी दिए।
पक्राउ शेर्पाले पानोरमा हिमालय ट्रेकिङ एण्ड एक्स्पिडिसन प्रालिमार्फत नक्कली कागजात बनाई बिमा रकम ठगी गरेको अनुसन्धानमा खुलेको प्रवक्ता श्रेष्ठले बताए। प्रहरीले यसअघि पनि फेक रेस्क्युमा संलग्न भएको आरोपमा १० जना पर्यटन व्यवसायी तथा अस्पतालको सञ्चालकलाई पक्राउ गरिसकेको छ ।
प्रहरीले अन्तरराष्ट्रिय क्षेत्रमा नेपालको राष्ट्रिय स्वाभिमान, प्रतिष्ठा र गरिमामा आँच आउने कार्य गरे गराएकाले मुलुकी अपराध संहिता २०७४ को दफा ५१ राष्ट्रहित प्रतिकूल काम गर्न नहुने समेतको कसुर तथा सङ्गठित अपराध निवारण ऐन, २०७० अनुसारको कसुरमा संलग्न भएको आरोपमा पक्राउ गरेको हो । पक्राउ परेका शेर्पालाई जिल्ला अदालत काठमाडौँबाट म्याद थप गरी अनुसन्धान भइरहेको ब्युरोले जनाएको छ ।
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

उपसभामुखको निर्वाचनमा एमालेले कसैलाई पनि मतदान नगर्ने

प्रतिनिधिसभाको उपभामुख पदको निर्वाचनमा नेकपा एमालेले मतदान नगर्ने भएको...

नेप्सेमा २ वटा कम्पनीको बोनस शेयर सूचीकृत

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा २ वटा कम्पनीको बोनस शेयर...

वर्षौदेखि रुग्ण भई बसेका आयोजनाहरू पहिला सम्पन्न गर्नुपर्छ : ऊर्जामन्त्री श्रेष्ठ

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले देशलाई थप...

नयाँ वर्षमा शेयरबजारमा ५ नयाँ व्यवस्था हुँदै, शेयर मूल्य १५ प्रतिशतसम्म घटबढ हुन पाउने

२०८३ को सुरुवातसंगै शेयरबजारमा पनि केही नयाँ सुरुवात हुने...

निगमले भन्यो, ‘दैनिक १ लिटर पेट्रोल बचाउनुस्’

नेपाल आयल निगमले सेवाग्राहीहरुलाई इन्धनको बचत गर्न अनुरोध गरेको...

महासंघ विवादः कालो ब्यानरमा १८ वटा संस्थाको ‘प्रेस मिट’

नेपाल उद्योग वाणिज्य महासंघको साधारणसभा र निर्वाचन सम्बन्धमा विवाद...
spot_img