Wednesday, July 1, 2026
spot_img

रामेश्वर खनालले फिर्ता गरे अर्थमन्त्रीको हैसियतमा प्रयोग गर्न दिईएको रातो पासपोर्ट

spot_img
spot_img

अर्थ मन्त्री रामेश्वर खनालले आफुलाई सरकारले दिएको रातो पासपोर्ट फिर्ता गरेका छन्। चुनावी सरकारका अर्थमन्त्री रहेका उनले आफुलाई प्रदान गरिएको रातो पासपोर्ट परराष्ट्र मन्त्रालयको राहदानी विभागलाई फिर्ता बुझाईदिन भन्दै अर्थ मन्त्रालयको प्रशासन महाशाखामा छोडेका हुन्।

सो कुटनीतिक पासपोर्टको औचित्य अन्त्य भएकोले पासपोर्ट फिर्ता गरेको उनको भनाई छ। चुनाव सम्पन्न भएसंगै अब करिव एक साता भित्र नयाँ सरकार गठन हुँदै छ। सो अगावै मन्त्री खनालले पासपोर्ट फिर्ता गरेका हुन् ।

अहिलेको व्यवस्था अनुसार राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, प्रतिनिधि सभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, उपप्रधानमन्त्री, नेपाल सरकारका मन्त्री, प्रदेशका मुख्यमन्त्री, प्रदेशका मन्त्री, प्रदेश प्रमुख व्यवस्थापिका संसदमा विपक्षी दलका नेता, प्रतिनिधिसभाका उपसभामुख, राष्ट्रिय सभाका उपाध्यक्ष, राज्यमन्त्री,  राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, सर्वोच्च अदालतका न्यायाधीश, संवैधानिक निकायका प्रमुख, महान्याधिवक्ता, न्यायपरिषदका सदस्य, राष्ट्रिय सभाका विपक्षी दलका नेता, प्रदेश सभाका सभामुख लगायतले कूटनीतिक पासपोर्ट पाउँछन् ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

राराको दृश्यावलोकनका लागि परिचित मुगुको मुर्माटपमा टेलिकमको फोरजी सेवा सुरु

नेपाल टेलिकमले मुगु जिल्लामा अवस्थित प्रसिद्ध पर्यटकीय स्थल रारातालको...

कामना सेवा विकास बैंकले पायो ‘Best Presented Annual Report’ अवार्ड

कामना सेवा विकास बैंक लिमिटेड नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था...

नेपाल प्रवेश गरेको १२ दिनपछि देशैभरि फैलियो मनसुन

आज असार १६ गते यस वर्षको मनसुन प्रणाली देशैभर...

चिया निर्यातमा भारतीय अवरोध हट्यो

झण्डै २ महिनादेखि रोकिएको नेपाली चियाको निर्यात पुनः सुरु...

गैर बैंकिङ सम्पत्तिको व्यवस्थापनको लागि एउटा मात्र AMC कम्पनी खुल्ने, तयारी तिब्र

सरकारले समयसीमा नै तोकेर आगामी आर्थिक वर्षको बजेट मै...

तोलामै ४५ सयले घट्यो सुनको भाउ

आज मंगलबार सुनचाँदीको भाउ घटेको छ । सोमबार प्रतितोला...
spot_img